Incident Reports

NayaPatrika: Man beaten up for refusing to give commission

2018-02-06

Bagmati, Kabhrepalanchok, Bhumlu, Ward 6

A 56-year-old man was beaten up when he refused to give commission for extracting sand from the river at Kosipari Bhulmu-8. Bishnu Bahadur Majhi was beaten up by Nawaraj Shrestha alia 'Birkhane' of Dolalghat on Feb 6. Majhi was asked by Shrestha to sell him a tripper full of sand at a lesser price than what was determined by the ward office. He was beaten up with sharp weapons after he refused the request. Majhi has injuries on his head and all over the body and is undergoing treatment at Dhulikhel hospital. बालुवा उत्खनन् गरेबापत कमिसन नदिएको भन्दै एक युवकले वृद्ध कुटपिट गरी घाइते बनाएका छन् । कोसीपारी भुम्लु गाउँपालिका–८ बगरका ५६ वर्षीय बिष्णुबहादुर माझीलाई दोललाघाटका ‘बिर्खने’ भनिने नवराज श्रेष्ठले कुटपिट गरेको गरी घाइते बनाएका छन् । पीडक श्रेष्ठले बालुवा उत्खनन् गरेबापत कमिसन मागेको र उत्खनन् गरेको बालुवा सस्तो दरमा दिनका लागि पीडित माझीलाई भनेका थिए । तर, अस्वीकार गरेपछि घरेलु हतियार देखाउँदै कुटपिट गरेको पीडित माझीले बताए । प्रति ट्रिफरको मूल्य ८ हजार तोकिएको र ५ हजारमा किन्न माग्दा नदिएपछि कुटिएको पीडित माझीको आरोप छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । माझीको शरीर र टाउँमा चोट लागेको छ । सोही बगरमा माझी समुदायको पुख्र्याैली पेशा नै बालुवा उत्खनन् हो । घाइते माझीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा पीडकलाई कारबाही तथा उपचारको माग गर्दै उजुरी दिएका छन् । बालुवा तस्करको समूहले त्यस भेगमा रहेका माझीहरुलाई लामो समयदेखि थर्काउने तथा धम्की दिने गरिरहेको पीडित माझीहरूको भनाइ छ । भुम्लु गाउँपालिका–८ का वडा अध्यक्ष मोतिलाल तामाङले प्रति ट्रिफर बराबर ८ हजारका दरले बेच्न पाउँने वडा कार्यालयको निर्णय रहेको बताए । कुटपिटमा संलग्न रहेको बिर्खे भनिने श्रेष्ठले आफूले नपिटेको दाबी गरे । उनले वृद्ध माझीप्रति आरोप लगाउँदै भने,‘उल्टै मलाई बुढाका केटाहरुले कुटपिट गरेको छन् । बुढा घाइते भएको नाटक गरेर अस्पतालमा भर्ना भएका हुन् ।’ जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रहरी प्रमुख सहकुलबहादुर थापाले यस विषयमा छानबिन भइरहेको बताए । वृद्ध माझीलाई कुटपिट गरेको आरोपमा श्रेष्ठसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments