Incident Reports

Chakrapath: Barsa luitel's Oped- कानुन छलेर हुन्छ बालिका माथि यौन दुर्ब्यवहार-

2018-02-02

Nepal

देशको राजधानी काठमाडौं, यहाँ गाउँका कुना कन्दराबाट सुन्दर भविष्यको कल्पना गर्दै मानिसहरु आइपुग्छन् । विगत केहि वर्षयता काठमाडौं शहर बालिकाको निम्ति असुरक्षित बन्दै गइरहेको छ । पछिल्लो एक दशकलाई केलाएर हेर्ने हो भने गाउँबाट विभन्न बाध्यताका कारण शहर पसेका बालिकाहरु कामको खोजीमा काठमाडौंसम्म आईपुग्ने र विभिन्न खालको हिंसा तथा दुव्र्यवहारमा पर्ने गरेको घटनाहरु बढिनै सुन्न र देख्न सकिन्छ । घरेलु हिंसा, गरिबी, अशिक्षा, पितृसतात्मक सामाजिक संरचना, छुवाछुत, लैंगिक विभेद, वेरोेजगारी लगायतका समस्याका कारण १८ बर्षभन्दा कम उमेर समूहका बालिकाहरु वर्षेनी सयौंको संख्यामा गाउँबाट शहर पसी जोखिमयुक्त कार्यमा संलग्न रहेको पाइएको छ । काठमाडौं उपत्यकाको कलंकी, गोंगबु, ठमेल, रत्नपार्क लगायत बसपार्क आसपासका क्षेत्रमा खोलिएका साना खाजा घर, क्याबिन तथा रेष्टुरेण्ट एण्ड बार, गेष्ट हाउस, दोहोरी साँझ, मसाज पार्लरहरुमा पछिल्ला समयमा बालबालिकाको प्रयोग बढि भएको पाइन्छ । मनोरन्जनको स्थलमा काम गर्ने कम उमेर समुहका ती वालिकाहरुलाई सुरुमा आफ्नै मालिकले जवरजस्ती यौन दुव्र्यवहार गर्ने र विस्तारै ग्राहकहरुसँग बसेर उनीहरुले भनेअनुसार गर्नुपर्छ भन्दै जवरजस्ती अनैतिक काममा संलग्न गराउने गर्दछन् । सुरुमा आफ्नो शरिर सुम्पिन डर मान्ने बालिकाहरुले आफ्ना डर हटाउन लागू औषध र मदिराको सेवन गर्ने गरेको पाइएको छ । अशिक्षित, सिप नभएका र नागरिकता नभएका कम उमेर समुहका बालिकाहरुलाई पनि यो पेशामा सजिलै राखिने भएकोले कामको खोजिमा शहर बसेका बालिकाहरु यस पेशामा काम गर्न पुग्छन् । मनोरन्जनको क्षेत्रमात्र नभएर पछिल्लो समय गेष्ट हाउस पनि बालिका तथा किशोरी हरुमाथि यौन दुव्र्यवहार गर्ने थलो र आन्तरिक वेचविखनको अखडा बन्दै गइरहेको छ । काठमाडौ उपत्यकाबाट बाहिरिने अधिकांश गाडीहरु छुट्ने स्थान गोगंबु हिजो आज यौन क्रियाकलापको प्रमुख केन्द्र जस्तो वन्दै गइरहेको छ । गोगंवुमा रहेको आकाशे पुलमा पुरुषहरु यौन कार्यको लागि बालिका तथा किशोरीहरुको खोजिमा आउँछन् । सो क्षेत्रमा वरिपरीका होटल तथा गेष्ट हाउसमा काम गर्ने साना साना बालिकाहरुलाई साहुले नै उक्साएर ग्राहक खोजेर ल्याउन अह्राउँछ्न । ती बालिका र ग्राहकबीच मोलमोलाई हुन्छ र उनीहरु गेष्टहाउसमा ग्राहक लिएर पुग्छन् । यौन सम्पर्कको वारेमा अनभिज्ञ कम उमेर समुहका बालिकाहरु सुरुसुरुमा पीडा महसुस गर्छन् । रुन्छन कराउँछन् तर केहि सीप नलागेपछि ग्राहकले नै उनीहरुलाई रक्सी खुवाएर यौन कार्यमा लगाउँछन् । विस्तारै उनीहरु विहानै देखि मदिरा सेवन गरी बढि भन्दा बढि ग्राहकसँग सम्पर्क गर्ने र होटल या गेष्टहाउस मालिकलाई रिमmाएर त्यहि गेष्ट हाउसमै खाने वस्ने गर्छन् । काठमाडौंको कलंकी आसपासका खाजाघर एवं गेष्ट हाउसमा काम गर्ने बालिकाहरुले भने कलंकीको आकाशे पुल भत्काइए पश्चात ग्राहक पाउन मुस्किल भएको बताउँछन् । सो क्षेत्रमा विशेषगरी धादिङ, नुवाकोट, मकवानपुर, गोरखा, चितवन, सिन्धुपाल्चोक जस्ता ग्रामीण भेगका साथै उपत्यकाकै केही स्थानीय बालिकाको समेत संलग्नता पाइएको छ । यस्ता बालिकाहरुमा जनजाति, दलित, ब्राम्हण क्षत्री क्रमशः रहेको पाइएको छ । बालिकाहरुलाई ग्राहक मिलाइदिन मध्यस्तकर्ताको रुपमा आफ्नै साथी, प्रेमी, पुराना ग्राहक, सामाजिक संजाल लगायत श्रीमान बनेर बसेका ग्राहक समेत रहने गरेका छन् । यौन कार्यमा संलग्न बालिकाले प्रति ग्राहक दिनको समयमा ५०० देखि १५०० सम्म लिने गरेको र रातको समयमा औसतमा रु ५००० सम्म लिने गरेको पाइएको छ । उनीहरु भन्छन् ‘ग्राहकले दिने यो रकमले एकपटक मात्रै सम्पर्क राख्न पाउँछन् । तर, कति जना ग्राहक हामीलाई जबरजस्ती पनि गर्न खोज्छन् । मानेन भने अश्लिल गाली एवं दुव्र्यवहार समेत गर्छन् ।’ यौन कार्यका लागि गेष्ट हाउसको कोठा प्रयोग गरेबापत ग्राहकले एक पटकको लागि रु ३५० देखि रु ४५० सम्म गेष्ट हाउसलाई बुझाउने गरेको साथै औसतमा एक बालिकाले दिनमा ५ जनासँग सम्बन्ध कायम गर्ने गरेको पाइएको छ । बालिकाले गेष्ट हाउसलाई यौन कार्यका लागि सुरक्षित स्थान रहने गरेको बताएका छन् । गेष्ट हाउसमा प्रहरीको चेकिङ पनि कम हुने, चेकिङ हुनु अघि नै जानकारी समेत हुने गरेको र चेकिङ भईहाले पनि चेकिङको क्रममा प्रहरीले सोधेमा श्रीमान् श्रीमती हो भन्न गेष्ट हाउस संचालकले सिकाउने गरेको, उमेर बढाएर भन्न लगाउने र प्रमाणको लागि सिन्दुर पोते सहित बालिकालाई मेकअप गरेर बस्न लगाउने गरेको पाइएको छ । ठमेल आसपासका क्षेत्रमा संचालन भएका गेष्ट हाउसहरुमा भने सीसी टीभीद्वारा संचालकले प्रत्यक्ष निगरानी गर्ने गरेको त्यहाँ संलग्न बालिकाहरु बताउँछन् । यसले उनीहरुलाई पुलिसको चेकिङ बाट बचाउन मदत गरेको देखिन्छ । बालिकाले दैनिक यौनकार्यमा संलग्न भएपश्चात आर्जित रकम गेष्ट हाउसको मालिकलाई विश्वासको आधारमा राख्नदिने गरेको पाइएको छ । उनीहरु आफूलाई आवश्यक परेको बेला मालिकसँग सो पैसा माग्ने गरेको र नपुगेको अवस्थामा सापटी समेत लिने गरेको बताउँछन् । आफूले कति कमाएर राख्न दिएको छ भन्ने कुरा अन्दाजमा भन्दा बाहेक कुनै हिसाबकिताव उनीहरुसँग छैन । बालिकाहरुले कलेजका विद्यार्थी, ड्राईभर, खलासी, ज्याला मजदुरी गर्ने व्यक्ति, प्रहरी, सडक बालक, वैदेशिक रोजगारीबाट फर्केका वा वैदेशिक रोजगारमा जाने अन्तिम तयारीमा पुगेका व्यक्ति, खाजाघर, रेष्टुरेण्टमा आएका ग्राहकहरु आफ्ना लागि यौनसाथी हुने गरेका बताउने गरेका छन् । उनीहरुको यौन साथीको उमेर १३ वर्षदेखि ६५ वर्ष रहेको पाइएको छ । यौन कार्यमा निरन्तर संलग्न ग्राहकहरुले आफ्नो यौन साथीलाई विभिन्न प्रलोभनमा पार्ने माया गरेको अभिनय गर्ने तथा विवाह गर्ने आश्वासनमा पारी कमाएको पैसा समेत लुट्ने गरेको पाइएको छ । कतिपयले विवाह गरेको अभिनयमा गेष्ट हाउसमै कोठा लिएर राख्ने र दैनिक ग्राहकसँग पठाएर कमाएको पैसा आफूले राख्ने गर्छन् । यदि कमाएर ल्याउन सकेन भने कुटपिट, शारीरिक र मानसिक हिंसा गर्ने गरेको पाइन्छ । कतिपय अवस्थामा गेष्ट हाउस या सडकमै मोलमोलाई भइरहेको अवस्थामा प्रहरीले पक्राउ गर्ने र सुरक्षाको लागि खटिएका तिनै प्रहरीले दुव्र्यवहार गर्ने गरेको पनि व्यवसायिक यौन शोषणमा परेका ती बालिकाहरु बताउँछन् । राजधानी भित्र रहेका मनोरन्जन क्षेत्र (क्याविन, डान्सवार, मसाज, दोहोरी) लगायत होटल तथा गेष्ट हाउसहरु आन्तरिक तथा बाह्य बेचविखनको स्रोत केन्द्रको रुपमा यसरी मौलाउँदै जाने हो भने भोलिका दिनमा विद्यालय जाने उमेर समुहका ससाना बालिकाहरु राजधानीको सडक पेटिमै यौन कार्यको लागि मोलमोलाई गर्ने गरेको भेटिनेछन् । व्यवसायिक यौन शोषणमा परेका ती किशोरीहरुको उद्धार तथा संरक्षणको लागि राजधानीमा थुप्रै संघसस्थाहरु क्रियाशील रहे पनि गाउँबाट कामको खोजीमा शहर पस्ने किशोरी तथा बालिकाहरुको संख्या भने दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । गैरसरकारी संघसस्थाहरु पनि दाताहरुको सहयोगको भरमा पर्नु पर्ने बाध्यताका कारण उनीहरुको दीर्घकालीन व्यवस्थापन गर्न असमर्थ देखिन्छन् । गैरसरकारी संस्थाहरुले केहि हदसम्म यस क्षेत्रलाई व्यवस्थित गर्न लागि परे पनि सरकारले यसमा गम्भीर चासो नदेखाए सम्म यो सम्भव भने देखिदैन । तसर्थ भोलिका दिनमा बालिकाहरुलाई यौन शोषणबाट मुक्त राख्नको लागि राज्यले यस्तो कार्यमा संलग्न मालिक तथा ग्राहकहरुलाई कारवाहीको दायरामा ल्याउन सक्नुपर्छ । जसको लागि सो क्षेत्रको प्रभावकारी तथा निरन्तर अनुगमन अत्यन्तै आवश्यक छ । प्रहरीसँगको सेटिङको आडमा मौलाएका गेष्ट हाउस होटल खाजाघर, डान्सवार दोहोरीमा १८ वर्षभन्दा कम उमेरका बालिकालाई प्रयोग गरेको पाइएमा तथा सो क्षेत्रमा कुनै पनि यौनजन्य गतिविधि भएमा तत्काल उनीहरुलाई कारवाहीको दायरामा ल्याई दर्ता खारेजी सम्म गर्ने व्यवस्था गर्न सकेको खण्डमा भोलिका दिनमा आन्तरिक बेचविखनमा परेका सैयौ वालिका तथा किशोरीहरुलाई यौन दुव्र्यवहार तथा आन्तरिक बेचविखनबाट जोगाउन सकिन्छ । भनिन्छ रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु वेस । आजका बालबालिका नै भोलिका देशका कर्णधार हुन् भन्ने मान्यतालाई सरकारले व्यवहारमा उतार्नु अत्यन्तै आवश्यक छ । जसको लागि स्थानीय तहमा नै समुह लक्षित स्वरोजगारका कार्यक्रम र नीतिमा मात्र नभई व्यवहारमै लागू गर्न सकेको खण्डमा आर्थिक अभावका कारण शहर पस्ने बालिका हरुको संख्यामा कमी आउनेछ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis