Incident Reports

Youth found murdered by slitting throat in Bara

2018-02-16

Madhes, Bara, Parwanipur, Ward 5

An unidentified person was found murdered near Gandak canal in Parwanipur rural municipality-5 Bahuari of Bara on Friday morning. Locals who had gone to the site to relieve themselves called the police after seeing the body. The body appeared to belong to a person of Madhesi origin and had been murdered by slitting the throat according to ward chairperson Rameshwor Kalwar. SP Raj Kumar Baidawar of Bara district police said that the identity of the deceased and the reason behind his murder could not be established yet. Police are further investigating on the incident. बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरी स्थित गण्डक नहर छेउको खेतमा शुक्रबार बिहान घाटी रेटिएको अवस्थामा एक अपरिचीत युवकको शव फेला परेको छ । नौतन गण्डक चोक देखि पाच सय मिटर उत्तरतिर रहेको नहर छेउको खेतमा हत्या गरेर फालिएको अवस्थामा मधेसी मुलको जस्तो देखिने युवकको शव फेला परेको हो । शुक्रबार बिहान शौच गर्न नहरतिर गएका बेला स्थानीयले खेतमा युुवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हरियो रंगको जुत्ता, नीलो रंगको जिन्स पाइन्ट र बैजनी रंगको ज्याकेट लगाएका युवकको घाँटी आधा रेटेर हत्या गरिएको अवस्थामा फेला परेको वडाध्यक्ष रामेश्वर कलवारले बताए । बाराका प्रहरी उपरीक्षक राज कुमार बैदवारले शवको पहिचान खुल्न नसकेको बताए । कसैले अन्तै हत्या गरेर युवकको शव गण्डक नहरको खेतमा ल्याएर फालेको हुन सक्ने भन्दै प्रहरी उपरीक्षक बैदवारले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको बताए । Update ---------- युवतीको कारण आफ्नै साथीको हत्या । प्रहरीले व्यापार तथा केटीसाथी संगको अनैतिक सम्बन्धको कारण आफ्नै साथीको हत्या गर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारका २५ बर्षिय राहुल पटेल र सन्तोष गुप्ता रहेका छन् । उनीहरुले गत फागुन ३ गते रक्सौल बस्ने २२ बर्षिय मनिष कुमार नारायणको घांटी रेटी हत्या गरेका थिए । फागुन ४ गते गण्डक नहरमा एक भारतीय युवकको घाँटी रेटी हत्या गरेको आरोपमा बारा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिप्रका, बाराले आज पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रक्सौल, पन्टोका निवासी सन्तोष गुप्ता र सहदेवा निवासी राहुल पटेललाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्ष्Fक राजकुमार बैदवारले जानकारी गराए । रक्सौल, कालीमन्दिर रोड निवासी प्रमोद कुमारका छोरा मनीष कुमारको फागुन ३ गते राति ९ बजे अभियुक्तहरूले हत्या गरी बारा, बहुअरी गण्डक नहरको किनारामा शव फालेको अवस्थामा प्रहरीले चार गते बरामद गरेको थियो । घटना विवरण अनुसार भोलि शुक्रवार मृतक मनीषको घोडासहनमा बिहे हुने निश्चित भएको थियो । अपराधीहरूले व्यवसाय, व्यापार र खेतीको विषयलाई लिएर उनलाई तीन गते दिउँसो घरबाट बोलाई ड्राइपोर्टमा रक्सी खुवाई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रउ बैदवारले पत्रकार सम्मेलनमा जानकारी गराए । उनीहरूले प्रयोग गरेको ना.२ ह ११० नं.को ईरिक्शासमेत प्रहरीले वीरगंजबाट बरामद गरेको छ । मदिरा सेवन गरी पक्राउ परेका दुईजना र अन्य तीनजना गरी पाँचजना ईरिक्शामा चढी मृतक मनीषलाई लिएर वीरगंज गएको बारा प्रहरीले जानकारी गराएको छ । र सोही दिन मनीषको घाँटी रेटेर हत्या भएको थियो । घटनामा संलग्न अन्यहरूको खोजी भइरहेको छ । भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको बुझिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments