Incident Reports

32 cadres of CPN arrested

2018-02-18

32 cadres of CPN-Chand, including 2 central leaders, were arrested from different places of Morang district on February 18. Cadres were there to take part in the 3rd National Assembly of National Youth Public Volunteers. D.S.P Bishnuhari Koirala informed about the incident. Police requested them not to organize the assembly in Biplat. However, they tried to organize the assembly in Sansarimaai and that's where they got arrested. Police even took hold of 10 cars and 293 cadres and didn't allow them to go to Biratnagar. D.S.P Koirala said that they were arrested solely for interrogation purpose. मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना केन्द्रीय नेतासहित ३२ जना कार्यकर्तालाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ । सो पार्टी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकको तेश्रो राष्ट्रिय सम्मेलनमा भाग लिन आएका कार्यकर्तालाई प्रहरीले कार्यक्रमस्थल सहित विभिन्न स्थानबाट गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णुहरी कोइरालाले विराटनगरबाट ३२ जनालाई गिरफ्तार गरिएको बताए । प्रहरीले विराटनगर बजारस्थित विप्लटमा आयोजना गरिएको कार्यक्रम नगर्न आग्रह गरेको भएपनि स्थान परिवर्तन गरी सन्सारीमाईस्थानमा कार्यक्रम गर्न लागेको अवस्थामा गिरफ्तार गरेको सो पार्टीका जिल्ला सेक्रेटेरी योगेनले बताए । प्रहरीले विराटनगरको राजवंशी चोकवाट केन्द्रिय नेताद्वय हेमन्तप्रकाश ओली र पदम राईलाई समेत गिरफ्तार गरेको योगेनले बताए । राई पुर्व राज्यमन्त्री समेत हुन । युगेनले सोधपुछ गर्नु छ भनी कार्यक्रम स्थलबाट सहभागी सवार एउटा गाडी र तीन दर्जनभन्दा बढी कार्याकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको जानकारी दिए । त्यसैगरी कार्यक्रममा सहभागी हुन आउने क्रममा कानेपोखरी, बेलवारी, केरावारी, विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवालगायतका स्थानबाट प्रहरीले १० वटा गाडी र त्यसमा रहेका २ सय ९३ जना कार्याकर्तालाई पनि नियन्त्रणमा लिएर विराटनगरतर्फआउन नदिएको सो पार्टीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी कोइरालाले उनीहरूलाई सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको र सोधपुछ पछि छाडिने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth na
Actor 2 - Number of people 32
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Panchthar

0 Comments