Incident Reports

4 CPN cadres arrested from Kathmandu

2018-02-20

Police on Tuesday arrested 4 cadres of Netra Bikram Chand led Communist Party of Nepal (CPN) from Kathmandu on the charge of enforcing bandh. CPN has called for a nationwide general strike on Tuesday as a protest against the arrest of its cadres in Biratnagar. Police arrested Shankardev College student leader of the party Narendra Bahadur Bhandari, Akshaya Kumar Rai, Santosh Khadka, and Bikram KC. नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका चार जना कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौका विभिन्न क्षेत्रबाट विप्लव समूहको शंकरदेव कलेजस्थित विद्यार्थी संगठनका नेता नरेन्द्रबहादुर भण्डारी, कार्यकर्ता अक्षयकुमार राई, सन्तोष खड्का र विक्रम केसी छन् । विप्लप नेतृत्वको नेकपाले मंगलबार देशभर बन्द आह्वान गरेको थियो । बिराटनगरमा आफ्ना नेता, कार्यकर्ता पक्राउ परेको विरोधमा बन्द आह्वान गरिएको हो । यसैबीच, मंगलबार बिहान मध्य बानेश्वरमा बन्दकर्ताले सरकारी गाडीमा आगजनी गर्ने प्रयास गरेका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बन्दकर्ताले ओखलढुंगा जिल्ला अदालतको गाडीमा सामान्य क्षति पुर्‍याएको बताए । ‘मर्मतका लागि गाडी ल्याइएको रहेछ’, पोखरेलले भने, ‘त्यसक्रममा आगजनीको प्रयास भएको हो । सामान्य क्षति छ ।’ बन्दकर्ताले तिनकुनेको सुविधानगरस्थित बागमती नदीको किनारमा समेत शंकास्पद वस्तु राखेका थिए । यद्यपि, त्यो ‘होक्स’ भएको पुष्टि भएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments