Incident Reports

OnlineKhabar: NSU cadres stage demonstration outside NC office

2018-02-25

Bagmati, Lalitpur, Lalitpur

Cadres of Nepali Congress (NC) aligned Nepal Student Union (NSU) staged demonstration outside party office in Sanepa on Sunday demanding end to factionalism in the party. Students and leaders affiliated to the student wing reached the party office at around 9 am on Sunday morning and staged a sit-in while shouting slogans. They gifted a spectacle to party president Sher Bahadur Deuba, in a symbolic gesture demanding end to factionalism within the party. Deuba, who had reached the party office for Central Working Committee meeting, refused to take the spectacle. नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टी केन्द्रीय समितिको बैठक चल्दै गर्दा रामचन्द्र पौडेल पक्षका विद्यार्थी नेता-कार्यकर्ताहरु धर्नामा बसेका हुन् । नेतृत्वले नेविसंघलाई विधिपूर्वक नचलाएकाले पार्टीका नेताहरुको ध्यानाकर्षण गराउन सांकेतिक धर्ना दिइएको नेता दीपक भट्टराईले बताए । धर्नामा सहभागीहरुले ‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’, ‘बलियो कांग्रेसका लागि सशक्त नेविसंघ हाम्रो अभियान’ लेखिएका प्लेकार्ड बोकेका थिए । केहीले सांकेतिक विरोधस्वरुप कालो चस्मा लगाएका थिए । यसअघि नेविसंघको विवाद समाधान गर्न पौडेल पक्षका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । तर सुनुवाई नभएकाले सांकेतिक विरोध जनाउन कालो चस्मा लगाएर धर्ना दिइएको नेविसंघ नेता भट्टराईले बताए । केन्द्रीय कार्यालयभित्र प्रवेश गर्नै लाग्दा कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई नेविसंघ नेताहरुले गेटमै रोके । उनीहरुले आफ्ना मागबारे जानकारी गराउँदै नेविसंघ र पार्टीलाई विधिसम्म सन्चालन गर्न ध्यानाकर्षण गराएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments