Nepal Student Union Chitwan staged a demonstration in Lionschwok on Wednesday against the decision of the president to formalize the 3 names submitted for the position of national assembly members submitted by prime minister KP Oli. The president had earlier withheld 3 names submitted by the prime minister of previous government Sher Bahadur Deuba for the same position. NSU has deemed the president's action unconstitutional.
राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेको भन्दै नेपाल विद्यार्थी संघ चितवनले सडक संघर्ष सुरु गरेको छ।नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यक्रम अनुसार बुधबार लायन्सचोकमा आधा घण्टा प्रदर्शन गरेको छ।बालकुमारी कलेज नारायणगढबाट निस्किएको रयाली लायन्सचोकमा आएर कोणसभामा परिणत भएको थियो।राष्ट्रपतिले कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस बेवास्ता गरी असंवैधानिक तरीकाले सक्रिय हुन खोजेको नेविसंघले आरोप लगाएको छ।