Incident Reports

Mahila Khabar: 76 percent women in Karnali live in shed during period

2018-03-03

कर्णाली अञ्चलका तीन जिल्लामा ७६ प्रतिशत महिला महिनावारी भएका बेला गोठमै बस्ने गरेको अध्ययन सार्वजनिक भएको छ । भेरी वातारण विशिष्टता समूहले कर्णालीमा छाउपडी प्रथा न्यूनिकरण परियोजनाले गरेको अनुसन्धान अनुसार कर्णालीका ७६ प्रतिशत महिला महिनावारीको समयमा घरबाहिर गोठमा बस्ने गरेका छन् । मुगु, जुम्ला र कालिकोटका २१ साबिकका गाउँ विकास समितिमा गरेको अध्ययन अनुसार यी जिल्लामा कुनै कुनै रुपमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो अवस्थामा रहेको पाइएको हो । कालिकोटको साबिक खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका साबिक ७ गाविस र १६ वटा वडामा गरिएको अध्ययनमा डरलाग्दो तथ्याङ्क सार्वजनिक गरेको छ । अहिले पनि समाजमा छाउ (महिनावारी) भएका महिलाहरूले पुरुष सदस्यलाई छुन गाईबस्तु, फलफूलका बोटहरू, बालीनाली छुन, घर तथा भान्सामा प्रवेश गर्न मन्दिर परिसरमा हिड्न धार्मिक तथा सामाजिक क्रियाकलापहरूमा भाग लिन सामान्य खाना खान, दुध तथा दुध जन्य पदार्थहरू खान पारिबारिक शौचालय, धारा प्रयोग गर्न बिद्यालय जान तथा अन्य ठाउँहरूमा जान प्रतिबन्ध रहेको पाइएको भेरी वातारण बिशिष्टता समूह कालिकोट जिल्ला अधिकृत दमिला शाहीले बताइन् । ‘धेरै समुदायहरूमा समुदायका ठुला व्यक्तिहरू, श्रीमानहरू, सासु आमाहरू, पुजारी, धामी झाक्रीहरू तथा हजुरआमाहरूले छाउपडी प्रथालाई सघाउ पु¥याएको देखिन्छ’ उनले भनिन्, ‘अध्ययनमा सहभागि मध्ये धेरै जसो महिलाहरूले कुनै न कुनै प्रकारको छाउपडी प्रथा मानेका छन् ।’ अध्ययन अनुसार ३३.९ प्रतिशतले महिनावारी हुनु भनेको अपवित्र, २७.२ प्रतिशतले महिनावारी भएको बेला महिलाहरू छुट्टै कोठमा बस्नु पर्ने, ४३.२ प्रतिशत महिला र पुरुष १९.० प्रतिशत हुँदैन भन्ने मान्यता रहेको पाइएको शाहीले बताइन् । ‘उमेर भिन्नता र शैक्षिकस्तरले महिनावारी भएको बेला बस्ने ठाउँको बारेमा फरक–फरक विचार भएको पाईन्छ’ भनिन् । जातिगत हिसाबले ब्राह्मण ५५.९५ प्रतिशत, छेत्रीमा ५.२५ प्रतिशत, दलित ४१.५५ प्रतिशत, ठकुरीमा २९.७५ प्रतिशत महिलाहरू छाउगोठमा बस्ने गरेको पाइएको भेरी वातारण विशिष्टता समूहले जनाएको छ । अध्ययन अनुसार साधारण कपडाको सेनेटरी प्याड प्रयोग गर्ने ७५.३ प्रतिशत, घरमा बनाएको सेनेटरी प्याड प्रयोग गर्ने ३१.२ प्रतिशत, पसलमा पाइने सेनेटरी प्याड प्रयोग गर्ने २७.९ प्रतिशत र कुनै पनि साधनको प्रयोग नगर्ने १७.७ प्रतिशत रहेको भेरी वातारण बिशिष्टता समूहले जनाएको छ । महिनावारी भएको बेला ७५.५ प्रतिशत किशोरी र महिलाहरूले घरमा प्रवेश नगर्ने, ९१.१ प्रतिशत भान्सामा नजाने र खानेकुरा नछुने, ८८.७ प्रशित महिलाले दुध र दुधजन्य पदार्थ नखाने गरेको, ७१.१ प्रतिशत महिलाहरूले छुट्टै बसेर स्वास्थ्य समस्या भोगेको, ७७.८ प्रतिशत महिला बच्चा जन्माएको बेला छुट्टै छाप्रो बसेको, ९७.५ ५ महिला छुटै कोठामा र ठाउमा बस्ने गरेको, ३८.७ प्रतिशत महिलाले महिनावारी भएको बेला एउटा न एउटा स्वास्थ्य समस्या भोगेको अध्ययन उल्लेख गरिएको छ । महिनावारी भएको बेला असामान्य रगत बग्ने (७२.७५ प्रतिशत, ढाड दुख्ने समस्या ७२.७५ प्रतिशत, असामान्य दुखाई ५४.५५ प्रतिशतमा, टाउको दुखाईको समस्या २६.१५ प्रतिशत, चक्कर आउने ३.३५ प्रतिशत, शरीर दुखाई १४.८५ प्रतिशत, ज्वरो आउने समस्या २.१५ प्रतिशत महिलाहरूमा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । महिनावारी भएको बेला स्वास्थ्य समस्या आएका मध्ये ७६.७५ स्वास्थ्य जाँच गर्न जाने गरेको, ८६.६५ प्रतिशत महिलाहरूले स्थानीय स्वास्थ्य चौकीमा जाने गरेको र १७.४५ प्रतिशत महिलाहरू नीजि औषधी पसलमा जाने गरेको पाइएको तथ्याङ्कमा उल्लेख छ । अध्ययन अनुसार २.२५ प्रतिशत महिलाहरूले महिनावारी भएका बेला कुनै न कुनै दुर्घटना भोगेको, जंगली जनावरको आक्रमण, सर्प टोकाई, अन्य शोषण भएको उल्लेख गरिएको छ । अध्ययन अनुसार महिनावारी भएका बेला ९७.५ छात्राहरू बिद्यालय जाने गरेको, १.३५ प्रतिशत छात्राहरू बिद्यालय अनुपस्थित हुने गरेको, बिद्यालयमा उपस्थित मध्ये ७२.६५ प्रतिशत छात्राहरूले बिद्यालयमा बिद्यालय समय भित्र बस्न सजिलो महसुस गर्ने गरेको र ४०.६५ प्रतिशत अतिरिक्त क्रियाकलापमा भाग लिन असजिलो मान्ने गरेको, महिनावारीका कारणले १७.९ प्रतिशत किशोरीहरू बिद्यालय छाड्ने गरेको, ४.३ प्रतिशत परिक्षा नदिने गरेको, २.७५ बिद्यालय जाने किशोरी पढिरहेको घरको कोठामा बस्ने गरेको, २५.१ प्रतिशत छात्राहरू छाउ गोठमा बस्ने गरेको, २४.९ प्रतिशत छात्राहरू गोठमा बस्ने गरेको २३.८ प्रतिशत छात्राहरू अर्को कोठामा बस्ने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis