Incident Reports

No translation available.

2018-03-07

Bagmati, Kathmandu, Kathmandu

दलित भएको कारण देखाउँद्र दुई जना पत्रकारलाई घर मालिकले घरबाट निकालिदिएका छन् । इमेज च्यानलमा आबद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौंको थापागाउँस्थित घरका मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिइसकेको कोठा अरूलाई नै दिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार विश्कर्माले भन्नुभयो, ‘दुई कोठाको ११ हजार ५०० भनियो, कतै कोठा नपाएपछि हामी तिर्न पनि तयार भयौँ । भाडास्वरुप अग्रिम दुई हजार ५सय रुपैयाँ दिएका थियौँ । सर्ने दिनमा त अरू नै कोठामा बसिसकेको भेटियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौँ भन्दै उल्टै दुव्र्यवहार गरियो ।’ कोठा भाडाको बैना आफूहरुले दिइसकेकाले बस्न पाउनुपर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डिएसपी र एसएसपी भएको बताएर धम्क्याएको विश्वकर्माको भनाइ छ । पत्रकार विश्वकर्मा र सुनारले दलित भएकै कारण आफूहरुमाथि दुव्र्यवहार भएको बताउँदै दलित, जातीय छुवाछूत तथा कसुर सजाय ऐन, २०६८ अनुसार घर मालिक गौतम दम्पतीमाथि कारबाहीको मागसमेत गर्नुभएको छ । –रासस update...................... सानो जात भन्दै पत्रकारलाई कोठामा बस्न नदिएकी घरधनी कमला गौतम धरौटीमा छुटेकी छिन् । काठमाडौँ जिल्ला अदालतमा बिहीबार भएको इजालसबाट न्यायाधीस बाबु काँजी बानियाँले उनलाई १० हजार धरौटी सहित तारिखमा छोड्ने आदेश दिएका हुन । इजालसमा वादीको तर्फदेखि मोहन शशांकर र श्याम कुमार विश्वकमाले बहर गरेका थिए भने प्रतिवादीको तर्फ देखि उत्तम प्रसाद सापकोटाले बहस गरेका थिए । पीडितहरुको जाहेरीमा महानगरिय प्रहरी वृत्त बानेश्वरले कमला गौतमलाई माघ २३ गते पक्राउ गरि अनुसन्धान अगाडी बढाएको थियो । विक्रम सुनार र मिलन विश्वकर्माबाट अग्रिम रकम लिए पनि जात थाहा पाएपछि थापागाउँकी कमलाले आफ्नो घरमा बस्न नदिने बताएकी थिइन् । उक्त कार्य अमानवीय र गैरकानुनी भएको बताउदैं पिडितहरुले प्रहरीमा उजुरी दिएका थिए । पिडित मिलन विश्वकर्माले दलित आन्दोलनको लागि गौतमलाई ९ दिन सम्म थुनामा राख्नु उपलब्धी मुलक भएकोे बताए । यद्यपी दलित आन्दोलनको लागि यो दुखद पक्ष पनि भएको बताउदै उनले अझ सशक्त भएर मुद्दा लड्ने बताए । यस्तै बिक्रम सुनारले दोषी धरौटीमा छुटे पनि कानुनी कारबाही दिलाउने प्रतिवद्धता व्यक्त गरे । यो अवधीमा बिभिन्न किसिमका चलखेलहरु भएको बताउदै उनले यस्ता प्रवृतीले कुनै पनि पिडितले न्याय नपाउने बताए । विश्वकर्मा अर्थिक अभियानमा र सुनार इन्स्योरेन्स खबर डट कममा कार्यरत छन् भने अर्का पिडित रिमराज सुनार भने स्नातकोत्तर अध्ययन गर्दैछन् । फागुन ५ गते दुई कोठा बुक गरेर फागुन २० गते सामान लिएर जाँदा उनीहरुलाई श्यामप्रसाद र कमलाले फर्काएका थिए । पिडितहरुका अनुसार कमलाले दलित भएको थाहा पाए पछि कोठामा बस्न बन्देज गरेकी थिइन । जातीय छुवाछुत तथा जातीय कसुर सजाय ऐन, २०६८ ले विभेद गर्नेलाई एक महिनादेखि ३ वर्षसम्म कैद वा पाँच सयदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ । यस मुद्दालाई डिएनएफ, पिडिआरसी, दियालो मिडिया, दलित सेवा संघ, द—लिड शशक्त युवा समुह लगायतका संघ संस्था र पत्रकारहरुको संयुक्त पहलमा अगाडी बढाइएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis