Incident Reports

2 Indian Nationals held with pistol in Bara

2018-03-11

Madhes, Bara, Devtal

Two Indian Nationals, who were entering Nepal with weapon, were arrested from Guliyaria tole in Pacharautu Municipality-4 in Bara district and made public at the District Police Office, on Sunday. A joint security team of Nepal Police and Armed Police Force deployed from the Border out post apprehended 20-year-old Chandan Kumar Raya and 19-year-old Sanjaya Kumar Raya of East Champaran in Bihar state of India. According to Deputy Superintendent of Police (DSP) Raj Kumar Baidawar the duo were entering Nepal on suspicious condition, after boarding (DL2CQ 4053) car, tried to escape during routine security check in the area. Later, police circled the vehicle before taking them under their control, Baidawar shared. Police also recovered Italian made 9mm Browning Pistol strapped onto the body of one of the suspect. It’s magazine and two round of bullets were also seized while frisking them. Police also found a placard ‘Jana Adhikar Yuwa Parishad Bihar’ from the vehicle. Meanwhile, police are preparing to file a case under the Arms and Ammunition Regulation Act, 1962 at the court after investigation, DSP Baidawar said. बारामा सशस्त्र प्रहरीले स्वचालित इटालियन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै भारतीय नागरिक हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वी चम्पारण भगवानप्रसाद २ घर भएका १९ वर्षीय चन्दन कुमार र सुन्दरपुर निवासी २० वर्षीय लक्ष्मीकुमार राय रहेका छन् । उनीहरुको साथबाट ‘नाइन-एमएम ब्रोनिङ्ग’ नामक इटालीयन स्वचालित पेस्तोल बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका प्रहरी उपरीक्षक बिनुप्रसाद पाठकले जानकारी दिए । पेस्तोलसहित उनीहरुको साथबाट त्यसमा लाग्ने म्यागजिन र दुई राउन्ड गोली पनि बरामद भएको छ । बोर्डर आउट पोष्ट बेल्दारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विष्णु कुमार विसी नेतृत्वको टोलीले बाराको पचरौता नगरपालिका ४ स्थित गुलरिया टोलबाट आइतबार बिहान ८ बजे उनीहरुलाई प्रहरीले पक्रेको हो । ‘कारमा शंकास्पद अवस्थामा भारतबाट नेपाल आउँदै गरेका थिए, चेकजाँच गर्न खोज्दा भाग्ने प्रयास गरे,’ सशस्त्र प्रहरी निरीक्षक विसीले भने, ‘तत्काल घेरा हालेर हामीले पक्राउ गर्न सफल भयौं ।’ भारतबाट डीएल २ सीक्यू ४०५३ नम्बरको कारमा नेपाल आउँदै गर्दा नेपाल-भारत सीमा नाकाबाट ५ सय मिटरभित्र अमन एन्ड सुमन पेट्रोल पम्प नजिकै उनीहरुलाई पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments

Related Reports
Related Trend Analysis