Incident Reports

Two women rescued from being trafficked

2018-03-18

21 and 44 years old women were rescued from the Belhiya Checkpost by police in support from KI Nepal on March 17 who were being trafficked to Kuwait and Oman through India pretexting them of good job. According to the police, Raju, 37 alias Deepak Chettri of Kanchanpur Rural Municipality, Jamuna Pariyar, 35 and Manisha Pariyar, 32 of Gaidakot Municipalioty-12 are at large. DSP Dillinarayan Pandey of DPO said that they were stopped by the police in a check post in suspicion of being trafficked after they were found to be travelling without passport. Reema BC २१ वर्षीया र ४४ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत र ओमन लैजाँदै गरेको आरोपमा केआई नेपालको सहयोगमा प्रहरीले चैत ३ गते बेलहिया नाकाबाट उद्दार गरेको छ । आरोपितहरू रुपन्देही जिल्ला कञ्चन गाउँपालिकाका ३७ वर्षीय राजु भन्ने दिपक क्षेत्री, सैनामैना नपा-४ की ३५ वर्षीया जमुना परियार र नवलपरासी जिल्ला गैँडाकोट नपा-१२ की ३२ वर्षीया मनिषा परियार रहेको र तीनै जना फरार रहेको प्रहरीले जनाएको छ । आरोपितहरूले पीडित महिलाहरूलाई कुवेत र ओमनमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । कुवेत र ओमन जान लागेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएको र बुटवलबाट दिल्ली जाने बसमा चढेका महिलाहरूसँग बस नं, लाग्ने भाडा र जाने मिति नलेखेको दिल्ली काठमाडौँ लेखेको बस टिकट मात्र फेला परेकोले बेचबिखनका लागि लैजान लागेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । रीमा बि.सी.

0 Comments