Incident Reports

Chand demands resignation of Local Level Elected Officials

2018-03-19

Madhes, Parsa, Birgunj

The Netra Bikram Chand-led outfit Nepal Communist Party wrote to the elected representatives of Parsa district and told them to resign their posts immediately or face consequences. Following the development, panic has set in among the representatives. Almost all elected representatives here have received the letter from Chand's outfit. The representatives said they now fear for their lives and demanded that the local government provide them necessary security so that they can perform their duties without fear. नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टी (नेकपा) ले स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा माग्दै धम्क्याएको छ । नेकपाले पर्साको वीरगञ्ज महानगरपालिका र बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयर र उपमेयरको राजीनामा माग गरेको छ । वीरगञ्ज महानगरका मेयर बिजय सरावगी, उपमेयर शान्ति कार्की, जितपुर-सिमराका मेयर डा. कृष्णा पौडेल, उपमेयर सरस्वती चौधरीलाई राजीनामा दिन चेतावनी सहित नेकपाले पत्र पठाएको हो । जिल्ला जनपरिषद (जनसत्ता)का संयोजकले राजीनामा पत्र काटेर उनीहरुको राजीनामा माग गरेका हुन् । विप्लव नेतृत्वको नेकपाले देशभर जनपरिषद् निर्माण गरेर अघि बढिरहेको बताउँदै राजीनामा पत्रमा दलाल संसदीय सत्ताको कथित जनप्रतिनिधि बनेर नबस्न भनिएको छ । ‘तपार्इं दलाल संसदीय सत्ताको कथित जनप्रपतिनिधि बनेर बस्नु जनघात र राष्ट्रघातमा सहीछाप लगाउनु सरह हो । नेपाली जनताप्रति विश्वासघात गर्नु हो । मुलुक र जनतालाई फेरि युद्धतर्फ धकेल्ने कुरामा सहमति जनाउनु हो ।’ पत्रमा थप लेखिएको छ , ‘अतः हाम्रो जनसत्ताले दलाल संसदीय सत्ताको सम्पूर्ण पक्रिया र गतिविधिलाई खारेज गरेर अघि बढी रहेको सन्दर्भमा तपाईले यो पुरानो कथित प्रतिनिधिबाट तत्काल राजीनामा दिइ वैज्ञानिक समाजवाद स्थापनार्थ सञ्चालन हुने एकीकृत जनक्रान्तिमा साथ, सहयोग, सामेल र समर्थनका लागि हार्दिक अपील गर्न चाहन्छु ।’ पर्सा जिल्ला संयोजक बुच्ची यादवले हस्ताक्षर गरेको राजीनामा पत्रमा राजीनामा जनताको तर्फबाट गरिने प्रतिवादको सामना र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार आफैं बन्न चेतावनी दिएको छ । यता वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले भने जनमतले जितेर आएका मानिसहरु जुनसुकै परिस्थितिसँग लड्न तयार रहेको बताए । ‘हामीले जनमतको सम्मान गर्नुपर्छ । अरु कसैले चुनेको हैन । जस्तोसुकै परिस्थितिको सामना गर्न पनि पछि हटिन्न ।’ उनले भने । जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर पौडेलले आफूले पनि पत्र आएको हल्ला सुनेको बताए । ‘म कामका सिलसिलामा काठमाडौंमा छु । मैले पत्र पाएको छैन,’ उनले भने, ‘तर पत्र आएको भन्ने हल्ला सुनेको छु ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments