Incident Reports

Probe committee formed after AIG’s son is allegedly beaten by police

2018-03-16

Bagmati, Kathmandu, Kathmandu

An investigation committee has formed to following an incident where the son of AIG was beaten by police. The committee has formed under SSP Ram Kripal Shaha. “No police personnel has the right to beat any person unless ordered by their commander”, AIG Chand said adding that the accused would be punished. On Friday midnight, Sugam Bam, son of Province four’s Police Chief AIG Kamal Sing Bam, was taken into police custody after allegedly abusing the police. “The taxi driver informed the police that four of his passengers were quarrelling at Thamel,” the involved police personnel said adding that when he had gone to ease the situation, the son had verbally abused the personnel saying that ‘people like you cook food in my home.’ After continued quarrel, police had taken Bam in custody at Durbarmarg and released the following day after the mother came to rescue. Following his release, Bam filed a case against police claiming that he was beaten when in custody. ठमेलमा प्रहरीमाथि धाकधम्की दिनुका साथै कुटपिट गरेको अभियोगमा एक युवक पक्राउ परे । ‘गुड फ्राइडे’मा रहेका उनले भनेका थिए- म एआईजीको छोरा हुँ, तिमीहरु जस्ता ४/५ जना मेरो घरमा खाना पकाउँछन् । मध्यरातमा प्रहरीमाथि कुटपिट गरेपछि उनलाई भ्यानमा हालेर महानगरीय प्रहरी वृत्त दरबारमार्ग ल्याइयो । मदिराले लठ्ठ भएका युवकले ‘एआईजीको छोरा हुँ’ भन्दा सुरुमा त प्रहरीले वास्ता गरेन तर, वृत्तमा ल्याएपछि थाहा भयो उनी एआईजीकै छोरा रहेछन् । प्रहरीले २५ वर्षीय सुगम बमलाई पक्राउ गरेको थियो । उनी प्रदेश ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमका जेठा छोरा हुन् । ‘गुड फ्राइडे’ मनाउन साथीहरुसँग ठमेल पुगेका सुगमले राति १ बजे प्रहरीलाई थर्काउँदै हातपात गरेका थिए । यस्तो थियो घटना पछिल्लो समय ठमेल, सोह्रखुट्टे एरियामा तेस्रोलिङ्गी समूहले लुटपाट मच्चाएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ । त्यस क्रममा दरबारमार्गका प्रहरी निरीक्षक नेतृत्वको सादा पोशाकको टोली शुक्रबार राति ठमेल पुगेको थियो । प्रहरीले एउटा ट्याक्सी पनि लगेको थियो । राति १ बजेतिर सुगमसहित ६/७ जनाको समूह आयो र ट्याक्सी चालकसँग विवाद गर्न थाले । लामै विवाद भएपछि एक जना प्रहरीले उक्त ट्याक्सी आफूहरुका लागि राखिएको बताए । तर, प्रहरीले त्यति भन्नासाथ सुगम झन् चर्किए । उनले एआईजी बुबाको धक्कु लगाउँदै ‘तिमीहरु जस्ता ४/५ जना मेरो घरमा खाना पकाउने मान्छे छन्’ भन्न थाले । त्यसपछि विवाद झन् लम्बियो । प्रहरीले उनलाई चौकीमा हिँड्न भन्यो तर, मानेनन् । त्यस क्रममा प्रहरीले उनलाई गाडीमा चढाउन बल नै प्रयोग गर्नु पर्‍यो । सुगम प्रहरीमाथि नै जाइलागे । तर, प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा पुर्‍याएर रातभर राख्यो । आमाको रोहवरमा छुटेपछि प्रहरीविरूद्ध उजुरी सुगमले पटकपटक एआईजीको छोरा भनेपछि प्रहरीले उनका बुबा र आमालाई बिहानपख फोन गरे । नभन्दै उनी प्रदेश ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमका छोरा रहेछन् । बिहानै आमा प्रहरी कार्यालयमा पुगिन् र, चाहिएको बेला उपस्थित गराउने गरी प्रहरीले छोडिदियो । प्रहरी हिरासतबाट छुटेलगत्तै उनले आफू प्रहरीबाट कुटिएको भन्दै खबर गर्नुका साथै उजुरी छानबिन शाखामा उजुरी नै दिएका छन् । घटनाबारे छानबिन गर्न समिति बनेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments