Incident Reports

Year sentenced for polygamy

2018-03-21

Madhes, Siraha, Lahan, Ward 15

District court of Siraha has verdict a year sentenced to Prem Chaudhary of Lahan on a charge of polygamy. Court has also charged 5000 along with the sentenced. बहुविवाह घटनाका आरोपित लहान नपा-१५ का ३० वर्षीय दिपेन्द्र चौधरीलाई जिल्ला अदालतले चैत ६ गते कसुरदार ठहर गर्दै एक वर्ष कैद तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलाशले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । बहुविवाह घटनाकी आरोपित २१ वर्षीया प्रेम चौधरीलाई भने सफाई दिने फैसला गरेको सरकारी वकिल आलेले बताए । लहान नपा-१५ की २३ वर्षीया रूपा चौधरीले मङ्सिर ७ गते बहुविवाहविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर ७ गते उजुरी हालेकी थिइन् । इलाका प्रहरी कार्यालय लहानले आरोपितहरूलाई मङ्सिर ७ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतले मङ्सिर १४ गते आरोपित दिपेन्द्रलाई २५ हजार रुपियाँ र प्रेमलाई ५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis