Incident Reports

Man arrested on charge of rape in Taplejung

2018-03-20

Province 1, Taplejung, Phungling, Ward 2

Police have arrested 33-year-old Ram Rai for allegedly raping a 12-year-old girl in Taplejung district. Rai, a permanent resident of Hilihang Rural Municipality-7 in Panchthar district, was arrested from the district headquarters of Taplejung in Phungling on Thursday, Deputy Superintendent of Police Gyanendra Bahadur Basnet confirmed. Rai is accused of impregnating the girl after raping her. It is said that Rai and the girl had rented separate rooms in a house in Phungling. Police said further investigations are underway after the arrest of Rai. एउटै घरमा डेरा गरी बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका राईले सोही घरमै डेरा बस्ने १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर जबर्जस्ती गरी गर्भवती बनाएको उजुरी परेपछि निजलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।] update....................................... ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा अस्थायी बसोबास गर्ने संगीता राई (नाम परिवर्तन) ले १३ वर्षीया आफ्नी छोरीको पेटमा जबरजस्ती करणीका कारण गर्भ रहेपछि सहज उपचार गरी जीवन बचाई दिन आग्रह गर्नुभएको छ । स्थानीय स्तरमा उपचार सम्भव नहुने भएकोले सुगम स्थानमा लगेर भए पनि उपचार गराई दिएर छोरीको जीवन बचाई दिन उहाँले आग्रह गर्नुभएको छ । ‘मेरो घरको अवस्था उपचार गर्न सक्ने छैन, त्यसैले आफ्नी छोरीलाई सुरक्षित तरिकाले उपचारको अग्रह गरेको हो’, उहाँले भन्नुभयो, ‘यदि कसैले दया राखेर छोरीको उपचार गरिदिए उसको जीवन बच्न सक्थ्यो ।’ उहाँले नाबालक छोरीले पेटमा भएको बच्चालाई जन्माउन सक्ने अवस्था नरहने भन्दै गर्भ खेर फाले छोरीको ज्यान जोखिमबाट बच्न सक्ने आंकलन गर्नु भएको छ । परिवर्तित नामले ताप्लेजुङ जिल्ला अस्पतालमा यस्तो उपचार सम्भव हुन नसक्ने भन्दै राजधानीसहितका सुगम स्थानमा लगेर छोरीको उपचार गरेछोरीको ज्यान बच्ने आश रहेको बताउनुभयो । उहाँका अनुसार १२ पूरा भई १३ वर्ष मात्र लाग्दै गरेकी छोरीको पेटमा तीनदेखि साढे तीन महिनासम्मको गर्भ रहेको छ । बच्चाको स्वास्थ्य परीक्षण प्रतिवेदनले समेत पेटमा गर्भ रहेको पुष्टि गरिसकेको छ । समय ढिलो हुँदै गएपछि पेटमा भएको गर्भ खेर फाल्ने प्रकृयामा असहजता हुने भन्दै आमाले छोरीको गर्भ फाल्ने कार्यमा सहयोग गरिदिन ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधि समेतलाई आग्रह गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको महिला सेलमा कार्यरत रबिना राईका अनुसार कलिलै उमेरकी बालिकाको पेटमा रहेको गर्भको समयमै व्यवस्थापन नभए गर्भवती बालिकाको जीवन जोखिममा पर्न सक्छ । उहाँले यस कार्यमा सहयोगका लागि गर्भवती बालिकाकी आमाले बारबार आफूहरुलाई आग्रह गर्दै आएको बताउनुभयो । ‘स्वास्थ्य अवस्था जटिल हुन सक्ने सम्भावनालाई हेरेर बालिकालाई सुविधासम्पन्न अस्पतालमा चाँडै उपचारको व्यवस्था गर्नु राम्रो हुने छ’, राईले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नतेले सुरक्षित गर्भपतन गराउनु नै गर्भवती बालिकाको सबैभन्दा ठूलो कल्याण हुने जानकारी दिनुभयो । बाल रोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीले १३ वर्षको उमेरमा बच्चा जन्माउनु आमा र बच्चाको नै जोखिम हुनु हो । त्यसैले सुरक्षित ठाउँमा गर्भ पतन गराउदा नै भलाई हुने बताउनुभयो । नेपाल सरकारले १ महिना १५ दिनको बच्चालाई गर्भपतन गराउन स्वीकृत दिए पनि जबरजस्ती करणी तथा हाड नाताको बारेमा भने ६ महिनासम्मको बच्चालाई गर्भ पतन गर्नुे अवसर प्रदान गरेको टेकु हस्पिटल काठमाडौंमा कार्यरत डाक्टर सुबेदीले बताउनुभयो । १२ वर्षीय बालिकाको जबरजस्ती करणी गरी गर्भवती बनाएको अभियोग लागेका पाँचथरको हिलिहाङ गाउँपालिका घर भएका ३३ वर्षीय राम राई अहिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हिरासतमा रहेका छन् । पीडित परिवारले दिएको जाहेरीमा राईले गर्भवती बालिकाकी घरमा नभएको मौकामा कोठामा भाईसँगै बस्दै आएकी बालिकालाई रातको समयमा मुख थुनी जबरजस्ती करणी गरी गर्भवती बनाएको र यो रहस्य नखोल्न दबाब दिएका थिए । घटनाबारे कसैलाई नभन्न दिएको दबाब बेवास्ता गर्दै पीडित परिवारका तर्फबाट शुक्रबार अभियुक्त विरुद्ध हदैसम्मको कारवाही तथा पीडितको सहज उपचारको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments