Incident Reports

Five year old girl killed by a teenager in Pokhara

2018-03-25

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

A five year old girl has been found dead in Sabhagrihapath in Pokhara. Police have taken into custody a 14-year-old boy who has admitted to his crime, according to Superintendent of Police at the District Police Office, Kaski, Ashok Singh. As per preliminary investigations, the boy has stated that he killed the five-year-old over a dispute on a toy that he owned. The deceased was a permanent resident of Birkot in Palpa and was currently residing with her mother in Pokhara. The killer, an orphan, lived and worked at a nearby garage. SP Singh informed that the girl who had gone missing on Sunday had been found dead at around 10 pm on the same day, at an empty land at Sabhagrihapath, in a sack, buried under stones and sand. The girl’s body has been sent for postmortem and further investigation into the case is underway, according to SP Singh. खेलौनाको निहुँमा पोखरामा एक बालिकाको हत्या भएको छ । पोखरा लेखनाथ महानगरपालिका-९ नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी विना थापाकी ५ वर्षीया छोरी विहानीको हत्या गरेका हुन् । प्रहरीका अनुसार आइतबार साँझ खेल्नका लागि विहानी घरबाट ९ वर्षीय दाजुसँग बाहिर निस्केकी थिइन् । खेल्ने क्रममा घर नजिकै रहेको वर्कसप ‘निट एण्ड क्लिन सर्भिस प्वाइन्ट’मा काम गर्ने किशोर आए । एकछिन सँगै खेलेपछि पुन थरका किशोर र बहिनी विहानी वर्कसप भन्दा केही पश्चिमबाट दक्षिणतर्फको बाटो लागे । विहानीका दाजु भने घर फर्किए । राति ८ बजेसम्म पनि विहानी घरमा नफर्केपछि उनको खोजी सुरु भयो । सुरुमा त आमालाई खेल्न गएकी छोरी केहिबेरमा फर्किन्छिन भन्ने थियो तर रातिसम्म घर नफर्केपछि प्रहरीलाई समेत खबर भयो । त्यस क्रममा विहानीका दाजुबाट बहिनीसँग वर्कसपमा काम गर्ने पुन थरका किशोर रहेको थाहा भयो । र, उनलाई प्रहरीले केरकार गर्ने वित्तिकै उनले हत्या गरेर शव पुरेर आएको खुलासा भयो । साँझ ७ बजे हराएकी विहानीको शव राति १० बजे भेटिएको थियो । ढुंगाले हानेर हत्या प्रहरीका अनुसार किशोरले प्रारम्भिक बयानका क्रममा हत्या स्वीकार गरिसकेका छन् । किशोरका अनुसार रिमोटबाट चल्ने खेलौना खेल्ने क्रममा खोसाखोस भयो । खोसाखोसको क्रममा किशोरले खेलौना आफ्नो हातमा पार्न बालिका विहानीलाई ढुंगाले टाउकोमा प्रहार गरे । ढुंगाले हानेपछि विहानीको टाउकोबाट रगत आयो र रुन/कराउन थालिन्, त्यहीँ बेला किशोरले विहानीको आमाले थाहा पाए आफूलाई पिट्ने सोचेर नजिकैको खाली बोराले घाँटी कसेर हत्या गरे । हत्यापछि नजिकै रहेको खुल्लाचौरको झाडीमा लगेर सिमेन्टको १२/१५ वटा बोराले छोपे र कसैले नदेखोस् भनेर टाउको तिर सिमेन्टको बोरामा आधा भरिएको वालुवाले टाउको छोपिदिए । किशोरले हत्या गर्दा कपडामा रगत लागेपछि त्यो कपडा बाकसमा राखेको बयानसमेत दिएका छन् । तर, केहिबेरपछि नै उनले हत्या गरेको कुरा प्रहरीको केरकारमा खुल्यो । हत्यामा संलग्न पुनको स्थायी घर र आफन्त पत्ता नलागेको प्रहरीले जनाएको छ । उनी एक महिना अघिमात्र वर्कसपमा काम गर्न थालेको खुलेको छ । यसअघी उनी स्याङ्जामा अंकल पर्नेको घरमा काम गरेको खुलेपनि अंकलको नाम नखुलेको प्रहरी श्रोतको भनाइ छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले बालिकाको हत्या नै भएको बताए । उनले खेलौनाको निहुँमा हत्या भएको देखिएको भन्दै बलात्कार भए/नभएको बारे भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने बताए । किशोरमा मानसिक समस्या भए जस्तो देखिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक -डीएसपी) खड्कबहादुर खत्रीले जानकारी दिए । डीएसपी खत्रीका अनुसार किशोरले सानैदेखि आफूले खेपेका अभाव र समस्याहरु डायरीमा लेख्ने गरेको र त्यो हेरेर विक्षिप्त हुनेगरेको खुलेको छ । मृतक बालिका विहानीको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । पोष्टमार्टमपछि परिवारलाई शव बुझाइने प्रहरीले जनाएको छ । यसैबीच, मृतक विहानीको आमा छोरीको हत्या भएपछि विक्षिप्त बनेकी छन् । उनी कहिले बेहोस् हुने त कहिले छोरी विहानी भन्दै बर्बराउने गरेकी छन् । विहानीका बुबा भने नवलपरासीबाट पोखरा आउँदै गरेको पारिवारिक श्रोतले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments