Incident Reports

Abadh Post: Gang demanding ransom in police custody

2018-03-08

Lumbini, Banke, Nepalgunj, Ward 5

6 members of ransom gang had been arrested by Banke police in accusation of threatening businessman and contractors of Nepalgunj, Kohalpur and Dang. Police had arrested them from a hotel in Gharbari tole Nepalgunj. Police said they had threatened at least 10 businessman Nepalgunj area for ransom. The three arrested were taken to Kohalpur Police Office. The arrested were 32 years old Bikram Shah of Surkhet, Kesh Raj of Rapti Sonari Rural municipality Banke, 18 years old Bishnu Timilsena and Kushal Shrestha of Bharatpur, Chitwan, 55 years old Asfa Siddhiqui of Nepalgunj-8 and 40 years old Ramesh Prasad Adhikari of Kohalpur, Banke. फिरौती मागेर यस क्षेत्रका व्यवसायीहरुलाई आतंकित पार्ने गिरोहका ६ जना प्रहरीको फन्दामा परेका छन् । नेपालगन्ज, कोहलपुर र दाङका व्यवसायीहरुलाई मोबाईलबाट फोन र एसएमस गरी फिरौती माग्ने गिरोहका ६ जनालाई बुधबार राति नेपालगन्जको घरबारीटोलस्थित एक होटलबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरुले ज्यान मार्ने धम्की दिँदै यस क्षेत्रका कम्तिमा १० जनासँग फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जना अभियुक्तलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा सुर्खेत लेखगाउँका ३२ बर्षीय बिजय बिक्रम शाह, बाँके राप्ती–सोनारी गाउँपालिकाका केशराज भण्डारी, चितवन भरतपुरका १८ बर्षीय विष्णु तिमिल्सिना, कुशल श्रेष्ठ, नेपालगन्ज वडा नं. ८ का ५५ बर्षीय अस्फाक सिद्दिकी र बाँके कोहलपुरका ४० बर्षीय रमेश प्रसाद अधिकारी रहेको बाँके प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलन उनीहरुले यस क्षेत्रका उद्योगी–व्यवसायीहरुसँग आर्थिक हैसियत हेरेर १८ लाखदेखि १ करोड २० लाख रुपैयाँसम्म माग गरेको बाँकेका प्रहरी उपरीक्षक टेक बहादुर तामाङले जानकारी दिए । प्रहरी उपरीक्षक तामाङका अनुसार माग गरेको रकम नदिए अभियुक्तहरुले ज्यान लिने र घरमा विष्फोटन गराईदिने धम्की दिने गरेका थिए । सुर्खेतका शाह स्नातकोत्तर उत्तिर्ण गरेका व्यक्ति हुन् भने भण्डारी महेन्द्र बहुमुखी क्याम्पसका अध्यापन गर्छन् । शाह गिरोहका मुख्य नाईके समेत हुन् । भण्डारीले गलत विवरण पेश गरेर लिएको मोबाईलको सीम व्यवसायीलाई धम्क्याउन प्रयोग हुँदै आएको थियो । सिद्दिकीले यो गिरोहलाई हतियार उपलब्ध गराएको प्रहरीले जनाएको छ । सिद्दिकी यसअघि पनि हतियारको कारोबार गरेको अभियोगमा पक्राउ परिसकेका व्यक्ति हुन् । यस क्षेत्रका शिक्षण संस्था संचालकहरु, ढुवानी व्यवसायी लगायतसँग अभियुक्तहरुले फिरौती माग्ने गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments