Incident Reports

Uncle murders minors in Rolpa

2018-04-02

Lumbini, Rolpa, Tribeni, Ward 2

Two minors, aged six and three were murdered in Tribeni rural municipality-2 of Dafla, Rolpa. The minors, Prem BK (6) and three year daughter of Basanti BK were murdered by Khadak Bahadur BK, their uncle over a row between the victim’s father and the alleged murderer uncle, Khadak Bahadur, police said. Khadak Bahadur, who was at large following the incident has been arrested by the police. बञ्चरो प्रहार गरी भाइले दाइका दुई छोराछोरीको हत्या गरेका छन् । त्रीबेणी गाउँपालिका-२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर बिकले दाइका सन्तानको हत्या गरेका हुन्। गणेश बिकका ५ वर्षीय छोरा प्रेम र ३ वर्षीया छोरी वसन्तीको सोमबार दिउँसो ४ बजे हत्या गरेको प्रहरीले जनाएको छ । बच्चाहरू घर नजिकैको बरीमा खेलिरहेका बेला काकाले टाउकामा बञ्चरो प्रहार गरी हत्या गरेको बताइएको छ । उनीहरुको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज इन्द्रकुमार बस्नेले जानकारी दिएका छन्। प्रहरीलाई स्थानीयले घटना बारे जानकारी गराएका थिए । खर्कबहादुर हत्या गरेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार अभियुक्त खर्कलाई नुवागाउँको भांगोबारीबाट साँझ साढे सात बजे पक्राउ गरिएको छ । दाजुभाइको सामान्य रिसइबी दाइका छोराछोरीको हत्या गरेको उनले प्रतिक्रिया दिएको प्रहरीले जनाएको छ । खर्क र गणेश सहोदर दाजु भाइका छोरा हुन् । केही हप्ताअघि दुइ भाइमा विवाद भएको स्थानीय बताउछन् । दुइ सन्तान मात्र रहेका गणेश दम्पतीसहित गाउँले शोकमा डुबेका छन् ।घटनास्थल पुगेका गाउँलेले आँसु थाम्न सकेनन् । प्रहरीले स्थानीयको सहयोगमा हत्या गरिएका बालबालिकाको शव होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको छ । स्वास्थ्य केन्द्रमा डाक्टर नभएकाले पोष्टमार्टमका लागि दाङको घोराही अस्पतालमा लैजाने तयारी गरिएको छ । घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता पन्थी सहितको टोली, इप्रका होलेरीबाट प्रनानि बस्नेतसहित ७ प्रहरी र नुवागाउँ प्रहरी चौकीबाट प्रनानि आनसिंह महरासहित ६ प्रहरी परिचालन गरिएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 2
National/Online Media , INSEC , Police website , Local Newspaper - Banke

0 Comments