Incident Reports

The number of woman being trafficked to India increased

2018-04-03

Bagmati, Kathmandu, Kathmandu

There has been 500% increment in the rate at which women are being trafficked to India. It was revealed via research done by SSB. The same was published in the Indian daily Times of India on March 31. The rate has increased as the girls are being trafficked to India via border. Among the trafficked ones, the highest number of girls are from Terai region. The girls are then sold to Delhi, Kolkata and other states for 50,000. In 2013, 108 women and children were rescued, whereas in 2017, 607 were rescued. Some are sold to the brothel whereas as some are used for labor work. Organs of some are cut off from the body and sold. नेपालबाट अवैधरुपमा भारततर्फ हुने महिला तस्करी पाँच सय प्रतिशतले बढेको छ । ‘भारत नेपाल सीमामा मानव तस्करी’ मा गरिएको एक अध्ययनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) यस्तो दाबी गरेको छ । भारतको अंग्रेजी दैनिक टाइम्स अफ इण्डियामा शनिबार यो अध्धयन प्रतिवेदनलाई आधारमा समाचार प्रकाशित गरिएको छ । समाचारमा एसएसबीले सार्वजानिक गरेको अध्ययन अनुसार पछिल्लो पाँच वर्षमा सीमामा रहेका गाउँ तथा तराई क्षेत्रबाट अवैधरुपमा ल्याइएका नेपाली महिलाहरुको संख्या पाँच सय प्रतिशतले बढेको हो । जसमा भारत नेपालको सीमामा पर्ने गाउँ तथा तराइ क्षेत्रका युवतीहरुको संख्या अधिक रहेको छ । सन् २०१३ देखिको आँकडा प्रस्तुत गर्दै जारी गरिएको अध्ययन अनुसार अवैध रुपमा ल्याइएका यी युवतीहरुलाइ भारतको दिल्ली, कलकत्ता तथा अन्य सहरहरुका वेश्यालयका मालिकहरुलाई ५० हजार रुपैयाँसम्ममा बेचिएको खुल्न आएको छ । सन् २०१३ मा भारत नेपाल सीमाबाट १०८ महिला तथा वालबालिकाको उद्धार गरिएको थियो भने सन् २०१७ मा यो संख्या ६ सय ७ पुगेको एसएसबीको अध्ययनले देखाएको छ । यो संख्या अघिल्लो वर्ष निकै बढेको तथ्याँकले देखाएको छ । नेपाललाई महिला तथा वालबालिकाको तस्करी हुने श्रोत देशको रुपमा लिइने भन्दै एसएसबी अध्ययनले उनीहरुलाई जबरजस्ती रुपमा बेश्यावृतिमा लगाउने गरेको उल्लेख गरेको छ । त्यसैगरि घरेलु कामका साथै अन्य प्रकारको श्रम शोषणका लागि उनीलाई बाध्य बनाउने र कतिपय केसमा अबैधानिक रुपमा उनीहरुका अंग समेत काटिने गरेको छ । नेपालको महिला समाजकल्याण मन्त्रालयको तथ्यांकलाई आधार मान्दै एसएसबीको अध्ययनमा भनिएको छ, 'नेपालका २६ जिल्लामा अवैध प्रवासी रहेका छन् । अधिकांश पहाडी तथा अति पिछडिएका जातिका महिलाहरु यस्तो तस्करीमा पर्ने गरेका छन् । तर तस्करी हुनेहरुमा उच्च जातिका पनि रहेका छन् ।' तस्करीमा संलग्न हुने पुरुषहरु ‘दलाल’ र महिलाहरु ‘दिदी’ हरुले ९ देखि १६ वर्ष उमेरका केटीहरुलाई बसमा चढाएर भारतका सीमावर्ती शहरमा पुर्‍याउने गरेका छन् । बोर्डरमा प्रतीक्षा गरिरहेका पेशेवर दलालाहरुले प्रत्येक केटीहरुलाई ६ हजार रुपैयाँसम्ममा खरिद गर्ने गर्छन् । अध्ययन अनुसार कहिलेकाहीँ परीबारका सदस्यहरु पनि यस्तो तस्करको रुपमा काम गरिरहेका भेटिन्छन् । सीमावर्ती पुलिसले चेकजाँच गर्ने हुँदा केटीहरुलाई उनीहरुको वास्तविक उमेर लुकाउन सिकाइन्छ । एसएसबीले तस्करहरुको रुट खुलासा गर्दै भनेको रुट अनुसार गाउँबाट ल्याइएका केटीहरुलाइ सबैभन्दा पहिला काठमाडौँ लैजाने अथवा कुनै गेस्ट हाउस अथवा कार्पेट फ्याक्ट्रीमा राख्ने गर्दछन् । त्यसपश्चात सीमावर्ती शहरसम्म ल्याएर दलाललाई बिक्री गर्छन् । अनि बस र ट्रेनबाट भारतको मुम्बई, कोलकाता, दिल्ली र अन्य साना शहरहरुका बेश्यालय मालिक अथवा महिला दलाललाई ५० हजार भारतीय रुपैयाँसम्म बिक्री गर्छन् । अध्ययनअनुसार अधिकांश दलालहरु बसबाट दिल्ली आउने अनि ट्रेनबाट मुम्बई जाने गरेका छन् । नेपालका पहाडी क्षेत्रका गाउँहरुमा जुनदेखि अगस्तको समयमा चरम गरिबीबाट गुज्रिने र नयाँ फसलको प्रतीक्षमा रहने हुँदा यस्तो समयमा तस्करी बढी हुने गरेको छ । 'यही समयलाई लक्षित गरेर महिला दलालहरु केटी फकाउन भारतबाट गाउँ जाने गर्दछन्' , अध्ययनमा उल्लेख छ । कतिवय वेश्यालयका मालिकहरु राजनीतिकरुपमा जोडिएका कारण दोषी प्रमाणित नभएको एसएसबीको अध्ययनले देखाएको समाचारमा उल्लेख छ ।
National/Online Media

0 Comments