Incident Reports

Police arrests one on the charge of raping daughter

2018-04-03

Gandaki, Lamjung, Sundarbazar, Ward 4

Police have arrested a 35-year-old man from Sundarbazar municipality-4 on the charge of raping his own daughter. Police arrested the man, with surname Sarki on the basis of a complaint lodged by his wife on Wednesday at Durdanda police post. According to DSP Padam Bahadur Bista of District Police Office Lamjung, the accused had allegedly been raping the victim repeatedly since the past 8 months. He confessed that he raped the victim on March 10 last time. The incident came to light after the accused's wife on Tuesday caught him red handed while he was attempting to rape his own daughter. Later on Wednesday, the victim revealed about all previous incidents to her mother. The perpetrator had repeatedly raped the victim and threatened her to not tell about the incident to anyone. Police are preparing to charge the arrest with rape and incest case. आफ्नै छोरीमाथि पटक-पटक ‘बलात्कार’ गरेको आरोपमा यहाँका एक युवालाई प्रहरीले पक्रेको छ । छोरीमाथि ‘बलात्कार’ भएको रहस्य खुलेपछि आफ्नै पतिविरुद्ध पत्नीले प्रहरीमा उजुरी दिएकी थिइन् । आमाको उजुरीपछि १४ वर्षीया छोरीलाई बलात्कार गर्ने सुन्दरबजार नगरपालिका-४ का ३५ वर्षीया सार्की थरका युवकलाई पक्राउ गरिएको डीएसपी पदमबहादुर विष्टले बताए । उनका अनुसार दुराडाँडा प्रहरी चौकीमा छोरीलाई बुवाले जबर्जस्ती करणी गरेको भन्दै बुधबार बिहान उजुरी दिन आएपछि प्रहरीले ती युवकलाई भाग्दै गरेको अवस्थामा खेतबाट पक्राउ गरेको हो । युवकलाई पक्राउ गरी बुधबार नै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । प्रहरी हिरासतमा रहेका ती युवकले ८ महिनादेखि छोरीलाई पटक-पटक सम्पर्क गरेको स्वीकारेका डीएसपी विष्टले बताए । उनका अनुसार छोरीले आफूमाथि बुवाले पटक–पटक जबर्जस्ती करणी गरेको बताएकी छन् । प्रारम्भिक अनुसन्धानका क्रममा ती युवकले छोरीलाई पछिल्लोपटक फागुन २६ गते करणी गरेको स्वीकारेको उनले बताए । ‘छोरीलाई जबर्जस्ती आफ्नै बुवाले घटनाबारे कसैलाई जानकारी गराएमा ज्यान मार्ने धम्की दिएपछि पीडित किशोरीले कसैलाई भन्न सकेका रहेनछ’ डीएसपी विष्टले भने, ‘हिजो (मंगलबार) अबेर मदिराले मातेर घर पुगेका युवकले छोरीमाथि झम्टिन खोजेपछि घटनाको रहस्य खुलेको हो ।’ आमाले छोरीलाई बुधबार बिहान ललाईफकाई सोधेपछि छोरीले घटनाबारे आमालाई सबै कुरा भनेको र आमाले प्रहरीमा उजुरी दिएको प्रहरीले बताएको छ । प्रहरीले पीडित किशोरी र जबर्जस्ती करणी अभियोगमा पक्राउ गरेका युवकको शारीरिक परीक्षण गराएको छ । दुवैको अवस्था सामान्य रहे पनि दुवैले घटना स्वीकारेको प्रहरीले बताएको छ । प्रहरीले ती युवकविरुद्ध जबर्जस्ती करणी ऐन र हाडनातासम्बन्धी महल ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments