Incident Reports

GBV cases decrease in Daldeldhura

2018-04-06

According to the reports of Nepal Police Office of Daldeldhura, the cases of rape and attempted rape has been decreased while the incident as such is increasing in other districts. 3 cases of rape and attempted rape has been recorded in this 9 months while in the previous year 2072:2073 four cases were reported and in 2071:072 6 cases were reported. Due to the awareness organized by the government and non-government organization and with the efforts of the distirct police the change was possible said, district office officer. देशका अन्य जिल्लामा जबर्जस्ती करणीका घटनामा वृद्धि भइरहेका बेला डडेल्धुरामा भने कमी आएको छ । देशका अन्य जिल्लाका तुलनामा डडेल्धुरामा जबर्जस्तीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकले देखाएको छ । चालू आर्थिक वषर्मा नौ महिनाको अवधिमा जबर्जस्ती करणीका तीनवटा मुद्दा मात्रै दर्ता भएका छन् भने आव २०७२÷०७३ मा चार, आव २०७१÷०७२ मा छ जबर्जस्तीका घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले जगाएको जनचेतनाका साथै प्रहरीको सक्रियताका कारणले जबर्जस्ती करणीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । प्रहरीको तथ्यांकअनुसार जबर्जस्तीका घटना शहरी क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रमा मात्रै भएका छन् । यसैगरी, जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले तीन महिनामा जिल्लाका सातवटै स्थानीय तहमा जबर्जस्ती करणीका घटना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयले एक कार्यक्रमको आयोजना गरी जबर्जस्ती करणीका घटनालाई न्यूनीकरण गर्नका लागि तीनमहिने कार्ययोजनासमेत बनाएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis