A clash erupted between the team of police and smugglers in Paterwasugauli Rural Municipality-3, Parsa, when they recovered the huge number of illegal drugs on April 7.
Police fire four rounds of air firing to get control over the situation. The clash broke out when they raided on Manohar Das Chaudhary's house.
As soon as police did the firing, the smugglers eloped. Police recovered 127 Kg of drugs and 174 kg of weed.
Police are investigating further about the case.
पर्सामा शनिबार चरेश र गाजा बरामद गर्ने क्रममा प्रहरी र लागु औषध तस्करबीच झडप भएको छ। पटेर्वासुगौली गाउँपालिका ३ देकुलीमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा चरेश र गाजा बरामद गर्ने क्रममा प्रहरी र तस्करबीच झडप भएको हो।
झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले देकुलीका मनोहर दास चौधरीको घरमा छापा मार्ने क्रममा प्रहरीलाई अवरोध गर्न खोजेपछि झडप भएको हो।
झडपकै समयमा प्रहरीले हवाई फायर गरेको हो। प्रहरीले हवाई फायर गरेपछि तस्कर भागेको स्थानीयले बताए। प्रहरीले चौधरीको घरमा भण्डार गरेर राखिएको अवस्थामा एक सय २७ केजी चरेश र एक सय ७४ केजी गाजा बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए।
गाजा र चरेशसहित प्रहरीले दुई कारोबारीलाई पनि पक्राउ गरेको छ । अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन।
‘अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएका छौँ, प्रहरी नायब उपरीक्षक लिम्बुले भने ,‘ अनुसन्धान सकिएपछि आइतबार बरामद चरेश र गाजासहित पक्राउ परेकालाई सार्वजनिक गर्छौ।’
सँगै शनिबार नै पर्साको पोखरीया नगरपालिका २ लम्हरीयाबाट पनि प्रहरीले ठूलो परिमाणमा चरेश बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय पोखरीया र सशस्त्र प्रहरी बेस क्याम्प पोखरीयाको संयुतm टोलीले लम्हरीया गाउँको नजिक रहेको गहुँबारीमा लुकाएर राखेको अवस्थामा ८० केजी चरेश बरामद गरेको हो।
चरेश कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Nami