Incident Reports

Compalined lodged in NHRC demanding justice

2018-04-04

Lumbini, Bardiya, Thakurbaba, Ward 4

18-year-old Bhupin Thapa, who is currently working in a motorcycle garage, has filed a case at Human Rights Commission, demanding action against the torture case in District Police Office, Nepalgunj on April 6. On April 4, he was beaten by locals, accusing him of stealing a mobile phone. He was taken to the top of the District Police Office and then ASI Rajendra Pujara forced him to accept the accusation. He has sustained lots of injuries after being beaten for 4 hours by the police. बर्दिया जिल्ला ठाकुरबाबा नपा-४ घर भई हाल नेपालगञ्ज उमनपा-१८ भुजईगाउँस्थित मोटरसाइकलको ग्यारेजमा काम गर्ने १८ वर्षीय मजदुर भुपिन थापालाई जिल्ला प्रहरी कार्यालयभित्र यातना दिएको आरोपमा पीडितले चैत २३ गते राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा उजुरी दिएका छन् । मोवाईल चोरेको आरोपमा धम्बोझीका स्थानीय युवाहरूले चैत २१ गते कुटपिट गरेपछि न्याय खोज्दै सुरक्षाका लागि जिफन्टका अगुवा पूर्ण केसी समेतका व्यक्तिमार्फत जिल्ला प्रहरी कार्यालयमा सोही दिन पुगेको भुपिनले बताए । जिल्ला प्रहरी कार्यालयको व्यूरो कार्यालय रहेको माथिल्लो तलामा सोधपुछ तथा केरकार गर्ने भनी पुर्‍याइएपछि सोही कार्यालयमा कार्यरत असई राजेन्द्र पुजाराले मोवाईल चोरेको स्वीकार गर्न दबाव दिँदै करिब आधा घण्टासम्म बासको लठ्ठीले पैताला, ढाड र हिपमा कुटपिट गरेको थापाले आरोप लगाए । प्रहरीले आफूलाई चार घण्टासम्म थुनामा राखेपछि स्थानीयबासी मोहन केसीको जिम्मामा छोडेको उनले बताए । उनको शरीरमा निलडाम रहेको छ भने उठ्नबस्न असहज भएको पीडितले बताएका छन् । घटना सम्बन्धमा पीडित पक्षले इन्सेक कार्यालय नेपालगञ्जमा चैत २२ गते मौखिक जानकारी गराएका थिए । पीडितले आफू अन्यायमा परेको र न्यायका लागि पहल गरिदिन इन्सेकलाई अनुरोध गरेपछि इन्सेक नेपालगञ्जले सोही दिन जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर तामाङ्गसँग भेट गरी घटनाका बारेमा जानकारी गराएको थियो । एसपीसँगको छलफलमामा पीडित पक्षलाई पनि इन्सेकले सहभागी गराएको थियो । पीडितको सबै कुरा सुनेपछि एसपी तामाङले तत्काल आरोपित प्रहरी राजेन्द्र पुजारालाई बोलाई सोधपुछ गरेका थिए । दुवै पक्षको कुरा सुनेपछि एसपी तामाङले पीडित पक्षलाई उजुरी दिन अनुरोध गरे । घटना सम्बन्धमा अनुसन्धान गर्ने र दोषी ठहरिए कारबाही गर्ने एसपी तामाङले आश्वासन दिए । एसपीको सुझाव अनुसार पीडित पक्षले चैत २२ गते ठाडो निवेदन र चैत २३ गते उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएका छन् । पीडित पक्षले चैत २३ गते नेपालगञ्ज मेडिकल कलेजमा घाउजाँच समेत गराएका छन् । पीडित पक्षले यातना क्षतिपूर्ति ऐन, २०५३ अन्तर्गत अनुसन्धान गरी क्षतिपूर्तिको मागसहित राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीको बोधार्थ इन्सेक कार्यालय नेपालगञ्जमा पनि दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments