Incident Reports

Would-be bride kills self over dowry demand

2018-04-20

Madhes, Parsa, Birgunj, Ward 23

In a latest dowry-related death, a would-be bride in Birgunj, Parsa, committed suicide following an undue pressure from the bridegroom’s family for dowry. Bhola Sah Teli’s daughter Rabita,18, of Birgunj metropolis-23, Prasauni Birta killed herself yesterday night. She was to marry Ram Nagari’s Jaya Narayan Sah’s son Shiva Dayal on April 27. It has been learnt that the bridegroom’s family had demanded a motorbike, gold ring and chain, apart from Rs 300,000 cash in dowry. “We’d already provided a motorbike and Rs 220,000 of the pledged amount. But bridegroom’s side threatened to break the marriage yesterday night on phone if we didn’t pay the full dowry. She (daughter) had talked to the boy. We didn’t know what they talked about that she was later found hanging in her room,” said Rabita’s father Bhola Sah Teli. According to SP Ganesh Regmi, the body has been handed over to the kin after post-mortem. Police said search for Jaya Narayan and his son was on. दाइजोकै कारण बिहे भाँडिएपछि पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् । पोष्टमार्टम रिपोर्टले आत्महत्या भएको पुष्टि गरेको छ । तर, प्रहरीले युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-८ का बच्चु भन्ने जयनारायण साह छन् । दाइजोले भाँडियो बिहे जयनारायणका छोरा २१ बर्षीय शिव दयाल र वीरगञ्ज महानगरपालिका-२३ का दिनदयाल साह तेलीको छोरी १८ वषर्ीया रविताकुमारीबीच विवाहको कुरा छिनिएको थियो । वैशाख १४ गते विवाह गर्ने तय भएको थियो । विवाहको निमन्त्रणा कार्डसमेत छापिसकेको थियो । तर, जयनारायण र उनको छोरा शिवदयालले दिनदयाललाई फोन गरी थप ८० हजार दाइजो मागे । बिहेको कुरा छिन्दा नै सुनका गहनालगायत दाइजो लेनदेनको सहमति भएको थियो । तर, केटापक्षले थप दाइजो मागेपछि दिनदयाललेे असमर्थता जनाए । जयनारायणले ‘दाइजो नदिने भए विवाह गर्न आउँदैनौ’ भने । रविताकुमारीले शिव दयाल -विवाहका लागि तय भएका केटा)सँग फोनमा कुरा गरिन् । तर, उनले पनि थप दाइजो मागे । त्यही कारण रविताले वैशाख ६ मा आत्महत्या गरिन् । ‘दाइजो दिएर बिहे गर्नु भन्दा मर्नु नै बेस’ भन्दै किशोरीले आत्महत्या गरेको पुष्टि भएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । प्रहरीले दाइजोका लागि दबाव दिने जयनारायणलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ गरेको छ । कुनै दबाव वा प्रभावका कारण आत्माहत्या गरेमा त्यस्तो कारकलाई पक्राउ गरी कारबाही गर्न सक्ने व्यवस्था छैन । तर, दाइजोको मोलमोलाई भएका कारण सामाजिक व्यवहार सुधार ऐन आकषिर्त हुने देखिएको छ । उनले भने ‘दाइजोकै विषयलाई लिएर किशोरी तनावमा आई आत्महत्या गरेको देखिन्छ । त्यसैले आत्महत्या गर्न बाध्य पार्नेलाई पक्राउ गरी अनुसन्धान शुरु गरेका छौं ।’ जयनारायणलाई जिल्ला प्रशासन कार्यालय पर्सामा सामाजिक व्यवहार (सुधार) ऐन-२०३३ अन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Chitwan , Local Newspaper - Mahottari , Local Newspaper - Bara

0 Comments

Related Reports
Related Trend Analysis