Incident Reports

RBB assistant manager arrested for taking bribe

2018-04-24

Assistant Manager of the Bardibas-based Rastriya Banijya Bank, Jagadish Prasad Kafle, has been arrested red-handed while accepting bribe from a client. A team mobilised from the Bardibas office of the Commission for the Investigation of Abuse of Authority (CIAA) held Kafle while taking Rs 50,000 as commission from the client for sanctioning one million rupees as loan from the bank under the Youth Self-employment Programme. Kafle has been taken under CIAA custody for further investigation, said Deputy Superintendent of Police at CIAA Bardibas office Thakur Pokharel. सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन् । सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई ५० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो । बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा १० लाख ऋण स्विकृत गराइदिएबापत कमिसन लिने क्रममा कार्यकक्षबाटै काफ्ले पक्राउ परेका हुन् । १० लाखको पाँच प्रतिशतका दरले ५० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख सुशीलसिंह राठौरले बताए । काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रठौंले बताए । उनले भने, 'हाम्रो नियन्त्रणमा छन् । अब काफ्लेलाई काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा पठाउने तयारी हुँदैछ ।'

0 Comments

Related Reports
Related Trend Analysis