Incident Reports

Passenger bus bombed along Dharan-Itahari road section

2018-05-05

Province 1, Sunsari, Itahari, Ward 4

A bomb was hurled at a moving bus this afternoon along the Dharan-Itahari road section of Itahari Sub-Metropolitan City-4, Dharan. An unidentified person threw the explosive at a bus bearing registration Me 1 Kha 2734 en route to Kakadbhitta from Dharan. Three-year-old Helen Gautam of Dharan-16 has sustained minor injuries in the incident. Dhan Bahadur Shrestha, driver of the bus, said that someone threw an incendiary and it went off with a loud bang after colliding with the outer part of the bus. Police Inspector Rajan Karki of Area Police Office, Itahari, said that investigation into the case is underway. As the Nepal Communist Party (Biplav group) enforced a strike today in order to pile pressure on the government for the release of its cadres, the cadres of the same outfit are suspected responsible for the blast. सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित धरान इटहरी सडकखण्डमा शनिबार दिउँसो गुडिरहेको बसमा अपरिचित व्यक्तिले विस्फोटक वस्तु प्रहार गरिएको छ । धरानबाट काँकडभिट्टतर्फ जाँदै गरेको मे१ख २७३४ नंको सूर्योदय दिवा सेवाको बसलाई लक्षित गरी बाहिरबाट फालिएको वस्तु विस्फोट हुँदा सोही बसमा यात्रारत धरान–१६ का तन वर्षीय हेलेन गौतमको टाउकामा सामान्य चोट लागेको छ । इटहरी चोकदेखि करीब ४०० मिटर उत्तरतर्फको सडकमा गुडिरहेको यात्रुबाहक बसमा अकस्मात् कसैले विस्फोट हुने वस्तु प्रहार गरेको र त्यो वस्तु बस बाहिर लागेर आवाजसहित विस्फोट भएको बसका चालक धनबहादुर श्रेष्ठले जानकारी दिएका छन् । विस्फोटक वस्तु पड्किँदा बसमा सामान्य नोक्सानी भएको र त्यो कस्तो विस्फोटक वस्तु हो भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । विस्फोट भएको क्षेत्रमा दुईजना युवाले केही वस्तु फालेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । तर उनीहरु को हुन् भन्ने पहिचान भने हुन नसकेको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टीले (विप्लव समूह) आफ्ना नेता तथा कार्यकर्ता रिहाइका लागि सरकारलाई दबाब दिनका लागि आज बन्द आह्वान गरेका कारण विस्फोट पनि नेपाल कम्युनिष्ट पार्टीले गरेको हो कि भन्ने आशङ्का गरिएको छ । ////////////////////////////////////////// इटहरीमा गुडिरहेको बसमाथि बम प्रहार गरिएको छ । बम प्रहारबाट बसभित्रका यात्रा गरिरहेका २ बालबालिका घाइते भएका छन् । बम प्रहारबाट धरानकी पुनम गौतमका ३ वर्षीय छोरा योजन गौतम र ८ वर्षीया छोरी हेलेन गौतमलाई छर्रा लागेको छ । धरानबाट काँकडभिट्टा हिडेको सूर्योदय यातायातको मे १ ख २७३४ नं. को बस माथि बम प्रहार गरिएको हो । बम बसको छेउकै सडकमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विस्फोटबाट कालोपत्रे सडक कोतरिएको छ । उक्त छेउमा कागजको झोलाका टुक्रा पाइएको छ । बस कर्मचारी भीम भण्डारीका अनुसार ठूलो आवाज आएपछि मात्र आफूले बम प्रहार गरेको थाहा पाएको बताए । इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 1
Youth Injured 2
National/Online Media , Local Newspaper - Jhapa

0 Comments