Incident Reports

Arrested on child marriage

2018-04-28

A policeman has been arrested on a charge of child marriage. Constable Bullet Yadav resident of Birgunj-27, Parsa posted in Ghurmi, Udayapur was arrested for trying to marry his two brothers with child bride. The marriage of his 35 years old brother Suresh Prasad Yadav and 32 years old Kariman Yadav were fixed with 11 and 13 years old girl respectively. जिल्ला प्रहरी कार्यालय, पर्साले बालविवाह गराउन खोजेको कसूरमा एकजना प्रहरीलाई नै नियन्त्रणमा लिएर कारबाई शुरु गरेको छ। जिप्रका, पर्साले जनाए अनुसार भोटेचौर, सिन्धुपाल्चोक दरबन्दी भएर पर्सा जिल्ला वीरगंज–२७ उदयपुर घुर्मीमा कार्यरत प्रहरी जवान बुलेट यादवले आफ्ना दुई दाइहरूको विवाह नाबालिगसँग गराउन खोजेको कसूरमा पक्राउ गरिएको हो। सूचनाको आधारमा हिजो हुन लागेको विवाहस्थलमा प्रहरी पुग्दा केटा र केटी बेपत्ता भएका थिए। उदयपुर घुर्मी निवासी ३५ वर्षीय सुरेशप्रसाद यादव र निजका भाइ ३२ वर्षीय करिमन यादवको बारा जिल्लाका ११ वर्षीया र १३ वर्षीया नाबालिगसँग वैवाहिक कार्यक्रम तय भएको सूचनाको आधारमा प्रहरीले सो गाउँमा छापामारी गरेको थियो। बालविवाहको लागि सम्पूर्ण तयारी गरिएको प्रहरीले सूचना पाएपछि छापामारी गर्दा दुवै पक्ष बेपत्ता भएका थिए। तर केटाका भाइ प्रहरी जवान बुलेट यादवले प्रहरी भएको धाकमा स्थानीयहरूलाई उक्साएको कारण जिप्रका, पर्साले निजलाई पक्राउ गरेको बताएको छ। पक्राउ परेका यादवविरुद्ध आवश्यक कारबाई हुने सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रहरीले घटनास्थलमा रहेका व्यक्तिहरूलाई बालविवाह दण्डनीय अपराध भएको र यसमा सहभागी हुनेहरूलाई तीन वर्षसम्म कैद जरिवाना हुने भनी जानकारी पनि गराएको थियो।
Local Newspaper - Parsa

0 Comments