Incident Reports

Father-son duo beaten in Gorkha

2018-05-08

Gandaki, Gorkha, Gorkha, Ward 3

Two laborers working at reconstruction site at earthquake affected area in Gorkha-3 have been beaten. Santa Bahadur Gharti and his son Surendra Gharti, who had come to Gorkha from Surkhet for work, were severely beaten by a group of local youths without any reason. The father-son duo were attacked in the evening by a group of five, while going to buy groceries from the market. Gharti is receiving treatment at Chitwan Medical College in Bharatpur. He had filed a complaint at police station in Gorkha before coming to Chitwan for treatment. Gharti lamented that the main accused of the incident was not arrested even though he had filed a complaint. गोरखाको भूकम्प प्रभावित क्षेत्रमा बाहिरबाट आएका मजदुरहरु कुटिएका छन् । सुर्खेतबाट मजदुरीका लागि गोरखाको भूकम्प प्रभावित क्षेत्रमा पुगेका सुर्खेतका मजदुर कुटिएका हुन् । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको गोरखा नगरपालिका-३ नारेश्वर दम्सुरीमा मजदुरीका लागि गएका सुर्खेत चिङ्गाड गाउँपालिका-३ का सन्तबहादुर घर्ती र उनका छोरा सुरेन्द्र घर्तीलाई स्थानीय युवाहरुले कुटपिट गरेका हुन् । स्थानीय बजारमा साँझको समयमा दाल तेल र नुन किन्न गएको बेला भट्टी सञ्चालन गर्दै आएका दिनेश भट्ट लगायत ५ जनाको समूहले विना कारण मरासन्न हुने गरी कुटेको घर्तीले बताए । ‘पहिले मदिरा सेवन गरेका २ जनाले बाटो हिँडिरहेको अवस्थामा ओई के हिरो बनेको भनेर धम्क्याउदै हातपात गरे, म जसो तसो त्यहाँबाट फुत्किएर भागे तर अलि पर पुग्दा अरु ३ जनासहित आएर घेरा हाली मरासन्न हुने गरी कुटे ।’ सन्त बहादुर घर्तीले भने । ‘बल्ल तल्ल कोठामा पुगे त्यस पछि पनि काटेर फालिदिन्छु भन्दै धम्की दिए । म त्यो ठाँउमा कसरी काम गर्ने, आफ्नै देशमा पनि मजदुरी गर्न अप्ठेरो भएको छ ।’ घर्तीले गुनासो गरे । घर्तीको चितवन मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको छ । गोरखाकै प्रहरी चौकीमा निबेदन दिएर उपचारको लागि उनी चितवन आएका हुन् । प्रहरीमा निवेदन दिएपनि कुटपिट गर्ने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको घर्तीले गुनासो गरे । कणर्ालीबाट मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जाने मजदुर अहिले गोरखा, सिन्धुपाल्चोक, लगायतका भूकम्प प्रभावित क्षेत्रहरुमा पुगेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media

0 Comments