Incident Reports

Man found dead

2018-05-13

Province 1, Dhankuta, Dhankuta, Ward 6

A body of a youth was found under mysterious circumstances in Dhankuta municipality-6 on Sunday morning. As per Inspector Anjan Koirala at DPO, Dhankuta, the deceased has been identified as Rajesh Shrestha,30, of the locality. There are bruises all over the body. Security personnel suspect he might have been murdered. The deceases brother Ishwor,21, in-law Anil Dangol,30, and Rum Bahadur Magar,24, of Dhankuta Municipality-2, have been arrested on suspicion of their involvement in the murder. धनकुटा नगरपालिका वडा नम्बर ६ ल्यान्डफिल साइट (फोहोरमैला संकलन केन्द्र) नजिकै प्रहरीले शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ। साइटको प्रतिक्षालय नजिक सोही वडा बस्ने करिब ३० वर्षीय राजेश श्रेष्ठको शव प्रहरीले फेला पारेको हो। सडक भन्दा ५ मिटर तल कोल्टे परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। उनको हत्या भएको शंका प्रहरीले गरेको छ। हत्यामा संलग्न भएको शंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय अनिल डंगोल, २४ वर्षीय रुमबहादुर मगर र २१ वर्षीय ईश्वर श्रेष्ठ रहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए। यसैबीच, धनकुटा–९ रुद्रवारीमा गस्तीमा रहेको प्रहरीको गाडी माथि ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बन्दकर्ता भएको शंकामा गुठिटारका ६० वर्षीय ध्यानबहादुर तामाङ (लामा) लाई पक्राउ गरिएको प्रहरी निरीक्षक आमोद खेरवारले बताए। ढुंगाले लागेर जिल्ला प्रहरी कार्यालयको ना. १ ज. १३३४ नम्बरको गाडीमा सामान्य क्षति पुगेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments