Incident Reports

Sainik School student attacked

2018-05-12

Bagmati, Chitawan, Bharatpur

It has come to light that students staying at the hostel of Sainik Awasiya Mahavidhyalaya in Parsa of Khairahani municipality engaged in a brawl and bear one of their mates black and blue in Chitwan. Srinav Lamichhane,14, a ninth grader was beaten indiscriminately by his friend Krish Thapa, Anish Shrestha and Riwaj Regmi, at around 3.am on Saturday. The alleged forced the victim to go to the toilet and attacked him. Srinav is the son of Sijanana Poudel, a local of Bharatpur metropolitan city-10. The incident was made made public at a press meet organized by the victim;s family today. They were trying to strangle me. They knocked me against the wall and water tap and punched my face. Another friend Suyog heard me screaming and called the guard and they saved me' said the victim. His mother Srijan said, there is a deep cut on Srinav's face and his frontal bone has broken. चितवनमा रहेकाे सैनिक महाविद्यालयमा एक बालक निर्घात रुपमा कुटिएका छन् । साथीले पिसाब फेर्न बोलाएर उनलाई निर्घात कुटेका हुन् । छात्राबासमा बस्दै आएका भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी सिर्जना पौडेल लामिछानेका १४ वर्षीय छोरा श्रीनव लामिछानेलाई गएको शनिबार उनकै साथीले निर्घात कुटपिट गरेका हुन् । मंगलबार पत्रकार सम्मेलनमा उनले आफूलाई मार्ने उदेश्यले कुटपिट गरिएको बताए । पत्रकार सम्मेलनमा पीडित बालकको बयान उनकै अावाजमा सैनिक महाविद्यालय । हामी मस्त निन्द्रामा थियौँ । शनिबारको दिन बिहान ३ बजेको समय ।पिसाब फेर्न साथीसँग जाने गरिएको थियो । कक्षा ९ मा नयाँ भर्ना भएका क्रिस थापाले सधै मैसँग पिसाब फेर्न जाने गरेको थियो । त्यसदिन पनि मलाई बोलायो । म बेडबाट उठे । क्रिस नै हो भन्ने सोचेँ तर, त्यसदिन मलाई बोलाउने अनिश श्रेष्ठ रहेछ । अनिशसँगै पिसाब फेर्न गएँ । शौचालयमा अनिशले पिसाब गरिरहेको थियो । नजिकै अर्को साथी रियाज रेग्मी लुकेर बसेको रहेछ । रियाज लुकेर बसेको देखेपछि म आत्तिएँ । झस्याङ भँए । मैले किन लुकेको भनेर सोधे । लगतै रियाज रेग्मीले ज्यान समात्यो । पछाडि क्रिस थापा पनि आएर समात्यो । दुई जना भएर घाँटी न्याके, नाक र मुख छोपे । भित्तामा ठोकाए । धारामा लगेर न्याके । आत्तिएर म कराएँ । त्यही समयमा पिसाब गर्न शौचालय पुगेका सुयोग श्रेष्ठ, रिजन श्रेष्ठ नजिकै आएका थिए । तर क्रिस थापले चुप लाग भनेर थर्कायो । मेरो पार्टनर सुएस खनालले सुनेको रहेछ । मेरो बेड पार्टनर भएकोले सुएसले मलाई भित्र खोजेछ । नदेखेपछि उसले पालेलाई भनेछ । पालेलाई खबर गरेपछि क्रिस थापा डरायो । त्यसपछि मलाई झन धारामा ठोक्कायो । टूटी नै भाँचिएछ । उनीहरु भागे । अनी म घिस्रीरहेको थिएँ । पालेलाई भेटेँ । विद्यालय बन्द हुन्छ भनेर मलाई कुटेका रे । आएदेखि नै विद्यालयमा कोही मरो भने के हुन्छ जस्ता कुरा सोध्थे तीनीहरुले । सबै नौ कक्षा पढ्ने हुन । क्रिस थापा नयाँ विद्यार्थी हो । अरु पुराना विद्यार्थी हुन । मलाई ३:४५ मा उपचार गर्न लगे । घटनापछि तीन जना साथीको अभिभावक (प्यारेन्टस)सँग कुरा भयो । मेरो प्यारेन्टसलाई बोलाउने भनेको विद्यालयले बोलाएन । मेरो साथीको बाबाले ममीलाई भनेपछि बाहाना पारेर ममी विद्यालय आउनुभयो । पछि मात्र ममीलाई सामान्य चोट लागेको भनेर विद्यालयले जानकारी गराएको हो । क्रिस थापा ६ मा आएको तर बेहोस भएको नाटक गर्ने गरेका कारण विद्यालय छाडेको थियो । अहिले ९ मा फेरि भर्ना भएको हो । उनको दाँया आँखाको छेउमा गहिरो चोट लागेको छ भने आँखामूनिको हड्डी भाँचिएको छ । घाँटीमा हातले थिच्दा निल डाम परेको छ भने दुवै आँखामा रगत जमेको छ । आमा सिर्जना पौडेलले बालकलाई भरतपुरको मनकामना अस्पताल र भरतपुर अस्पतालमा सिटी स्क्यानसहित स्वास्थ्य परीक्षणपछि मंगलबार प्रहरीमा उजुरी दर्ता गरिने बताउनुभयो । घटना भएपछि विद्यालयले घटना लुकाउन समयमा जानकारी नदिएको उहाँले बताउनुभयो । घटना पश्चात बिहान १० बजेतिर विद्यालयका निमित्त प्रिन्सिपल भविलाल न्यूरेले पीडित बालकका बुबा नवराज लामिछानेलाई टेलिफोन गरेको तर घटनाको विषयमा केही नबताएको बताउनुभयो । कक्षा ६ भन्दामाथि मात्रै पढाई हुने त्यो विद्यालयमा छात्रलाई अनिवार्य आवासमा राख्नुपर्ने व्यवस्था छ भने छात्रालाई घरबाटै आउने जाने व्यवस्था गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Bara

0 Comments