Incident Reports

Indian citizen arrested with semi automatic pistol

2018-05-18

Madhes, Parsa, Birgunj, Ward 16

One Indian citizen has been arrested with a semi-automatic handmade pistol in Bigrunj. 23 years old Awiranjan Sah resident of Podihar gram-19, Motihari, India was arrested by the police from Bhansar road, Birgunj-16 on Thursday. He was arrested with one magazine, 9 mm bullet and 7.65 mm miss-round bullet. प्रहरीले सेमी अटोमेटिक हृयान्डमेड पेस्तोलसहित एक भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी पोडिहार ग्राम-१९ रक्सौल बस्ने २३ वर्षीय अविरञ्जन साह रहेका छन् । उनलाई वीरगञ्ज-१६ स्थित भन्सार रोडबाट पक्राउ गरिएको हो । उनको साथबाट पेस्तोलमा लाग्ने म्यागेजिन एक थान, ९ एमएम गोली एक थान, ७.६५ एमएमको मिस राउन्ड गोली एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए । बिहीबार साँझ भारतबाट नेपाल आउँदै गर्दा उनी पक्राउ परेका हुन् । ‘बीआर ०५ एम ९२५४ नम्बरको पहेंलो रंगको हिरो मोटरसाइकलमा चढेर साह नेपाल आउँदै रहेछन,’ उनले भने, ‘चेकजाँचको क्रममा मोटरसाइकलको सिटमुनी पेस्तोल र गोली लुकाएर ल्याउँदै गरेको भेटियो, त्यसैले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेका छौं ।’
National/Online Media , Police website , Local Newspaper - Rautahat

0 Comments

Related Reports
Related Trend Analysis