An unidentified group of people have set fire in the building constructed at Hilihang Rural Municipality-6 under the Prime Minister Agriculture Modernization Project on the night of May 19.
Under this project, the block development committee building was built in this place. The fire has destroyed pipes, seeds, manure and some important documents according to administrative officer Tarjan Limbu of the rural municipality.
The fire could not be controlled on time as it was set in the night according to Secretary Rabin Timsina. He added that the building is completely destroyed by the fire.
Police has been deployed after the incident and investigation has been initiated according to SI Bishnu Khadka of District Police Office.
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत हिलिहाङ गाउँपालिका-६ स्थित भारापमा निर्माण गरिएको भवनमा जेठ ५ गते राति अज्ञात समूहले आगजानी गरेको छ ।
परियोजना अन्तर्गत सो स्थानमा ब्लक विकास समितिको भवन निर्माण गरिएको थियो । आगजानीबाट भवनमा भण्डारण गरेर राखिएका पाईप, विउ, मलका साथै समितिका सम्पूर्ण कागजातहरू नष्ट भएको हिलिहाङ गाउँपालिकाका प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बूले बताए ।
रातिको समयमा आगो लागेकाले नियन्त्रण गर्न नसकिएको ब्लक विकास समितिका सचिव रविन तिम्सिनाले बताए । गाउँपालिकासँग दमकल नभएको र फिदिम नगरपालिकाको दमकल ल्याइपुर्याउनु अगाडि नै भवन पूर्ण रूपमा जलेको उनले जानकारी दिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी परिचालन गरिएको र सो विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए ।