Incident Reports

Three arrested with sharp explosives and guns

2018-05-20

Bagmati, Makawanpur, Hetauda, Ward 3

Police arrested 36-year-old Jokar Moktan of Hetauda-3 with 3 pistols, bullets,1 mobile phone and various other illegal explosives from Teen Tapke along the East-West Highway during a security check on May 20. While checking the van that Moktan was driving in, police also arrested two other men;20-year-old Dev Kumar Thing and 33-year-old Dhan Bahadur Thing. हेटौडा उपमहनगरपालिका–३ बस्ने ३६ बर्षीय जोकर मोक्तानलाई कटुवा पेस्तोल ३ थान, सुतली बम १ थान, नलकटुवा पेस्तोलमा लाग्ने गोली ११ राउण्ड र थ्रिनटथ्रि राईफलको गोली १ राउण्ड, पटका १० थान, मोबाईल १ थान, लाईट ३ थान, चुस्ता १ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवर्टबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–३ स्थित पुर्व पश्चिम राजमार्गको तिन ताप्के भन्ने स्थानमा सवारी साधन जाँच गर्ने क्रममा हेटौडा बजारतर्फ आउदै गरेको नम्वर नखुलेको म्याजिक भ्यानबाट ३/४ जना शंकास्पद व्यक्ति झरी भागेपछि प्रहरीले पिछा गर्दै जाँदा मोक्तानलाई उक्त हतियार सहित पक्राउ गरेको हो । अन्य फरार व्यक्तिहरु र म्याजिक भ्यानको खोजतलास गर्ने क्रममा सोही उपमहानगरपालिका–११ स्थित सिमलटार डेरा गरी बस्ने मनहरी गाउँपालिका–२ का २० बर्षीय देब कुमार थिङ र फापरबारीका ३३ बर्षीय धन बहादुर थिङलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis