Incident Reports

Ujyaalo: Government employee beats service seeker black and blue

2018-05-21

Madhes, Mahottari, Bhangaha

A service seeker was brutally beaten up by an employee of Janakpur Transportation Management Office in Janakpur.Nayab subba Rakesh Yadab thrashed 22-year-old Jagdish Mahato on May 21 accusing him of violent behaviour. However, according to Jagdish, he knocked at Rakesh's door to get a voucher for Motorcycle license application. He was given a voucher with somebody else's name on it so he wanted to correct his name on it. However, as Rakesh opened the door he started thrashing Jagdish on his face, stomach, and back. Jagdish was sent to Janakpur zonal hospital for treatment. जनकपुर यातायात व्यवस्था कार्यालयका एक कर्मचारीले एक सेवाग्राहीलाई निर्घात कुटपिट गरेका छन् । कार्यालयमा कामका लागि आएका महोत्तरीको भंगहा नगरपालिका –४, का २२ वर्षीय जगदीश महतोलाई नायव सुब्बा राकेश यादवले कुटपिट गरेका हुन् । महतोले आफ्नो भौचर साटिएको भन्दै कार्यालयको ८ नं. कोठाको ढोका ढकढकाउँदा नासु यादवले हात, खुट्टा र मुक्काले निर्घात कुटपिट गरेकोको पीडित महतोको भनाई छ । नासुको कुटाईबाट घाइते भएका महतोको गालामा तीन वटा टाँका लागेको छ । अहिले महतोको उपचार जनकपुर अस्पतालमा भैरहको छ । पीडित महतोका अनुसार यसरी भयो घटना म मोटरसाइकलको लाइसेन्सको निवेदन दर्ता गराएर भौचर कटाउन बिहान ७ बजेदेखि लाममा बसेको थिए । दिउँसो २ बजे मात्र भौचर बुझाउन सफल भएँ । तर भित्रबाट कर्मचारीले अर्कै नामको भौचर दिएपछि तनावमा परेँ । र पुनः साटिएको भौचर लिन जाँदा भीडभाडको कारण लाममा कसैले छिर्न दिएनन् । त्यसपछि म कोठा नं. २ मा बस्ने कर्मचारीसँग गुनासो गर्न पुगेँ । त्यहाँका कर्मचारीले तपाईँको भौचरमा मोबाइल नम्बर छैन । अब एउटै विकल्प छ अब अर्कै भौचर भर्नुपर्छ भनेपछि आफू भोकै प्यासै कहाँ भौचर भर्न फेरि लाइन लाग्न जाउँ भनेर तनावमा परेँ । त्यसपछि भौचर साटिएकै कोठा नं. ८ मा आफ्नो भौचर लिन बन्द कोठाको ढोका दुई तीन पटक ढकढकाएँ । भित्रबाट नासु राकेश यादव ढोका खोलेर निस्किएर एकाएक निर्घात कुटपिट गर्न थाले । मलाई समातेर भित्र कोठामा थुनेर झनै कुट्न खोजे । म गुहार माग्दै बाहिर भाग्न खोजिरहेको थिएँ । कुट्ने कर्मचारी राकेश यादव आफू ‘कराते म्यान हुँ’ भन्दै मुख, पेट, पिठ्यूँमा किक हान्न थाले । म बिहानैदेखि भोको भएको कारण झनै निर्घात कुटपिटले बेहोस् भएँ । त्यसपछि मेरो एकजना साथी र प्रहरीले जनकपुर अञ्चल अस्पताल पुर्‍याए । आफू ढोकामा जोडजोडले हानेको र ढोका भाँचेको कुरा झुटो भएको र ढोका भाँचेको आरोप लागाउँदै कर्मचारीले आफूलाई निर्घात कुटपिट गरेको सेवाग्राही महतोको भनाई छ । निर्घात कुटपिट गर्ने कर्मचारीलाई कारवाही गर्न पीडीत महतोले प्रशासनसँग माग गर्नुभयो । आवेशमा कुटेँ : नासु यादव एउटै कोठामै काम गर्ने कर्मचारीहरुले नासु यादवको बचाउ गर्दै सेवाग्राही महतोले गाली गर्दै आफैले ढोका तोडेपछि लडेको र मुखमा चोट लागेको दावी गरेका छन् । नासु आफैले एक थप्पड पनि नहिर्काएको कर्मचारीहरुको दावी छ । तर कुटपिटको आरोपमा लागेका नायव सुब्बा राकेश यादवले महतोले ढोका भाँचेको र गालीगलौज गरेपछि आवेशमा महतोलाई एक दुई थप्पड हिर्काएको स्वीकार गर्नुभयो । आवेशमा आएर हात छोड्नु आफ्नो गल्ती भएको नासु यादवको स्वीकारोक्ति छ ।कर्मचारीहरुले भने अनुसार ढोकामा कुनै क्षति भएको देखिँदैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments