Incident Reports

Acting College Chief bashed, Former College Chief arrested

2018-05-18

Police arrested Former College Chief of Brahmachari Damorananda College in Mirchaiya, Siraha Sanjaya Kumar Sah on charges of deploying men to beat Acting College Chief Umesh Sah. Sanjay's custody was extended to 5 days by District Court, Siraha for further investigation. According to reports, Sanjay Sah was dissatisfied by the decision to appoint Umesh as the acting chief as he was fired for various irregularities and corruption. सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजका निमित्त प्रमुख उमेश साह कुटिएपछि पूर्व प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । कलेज सञ्चालनको समयमा निमित्त प्रमुख उमेश साहलाई कलेजका पूर्व प्रमुख सञ्जयकुमार साहको नेतृत्वमा रहेको समूहले कलेजमा पुगेर ‘म कलेज प्रमुख हुँ, यहाँबाट जाउ’ भन्दै कुटपिट गरेपछि पूर्वप्रमुख साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको हो । ‘कलेज चलाएका प्रमुखले पनि गुण्डागर्दीको शैलीमा आक्रमण गरे’ नाम उल्लेख नगर्ने शर्तमा कलेजका एक कर्मचारीले बताए । कुटपिटमा संलग्न कलेजका पूर्व प्रमुख साहलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थपिएको प्रहरी निरीक्षक श्यामल सुब्बाले जानकारी दिए । कलेजका पूर्वप्रमुख साह पहिलेदेखि नसा सम्बन्धी समस्याले बिरामी रहेको र जेठ ४ गते कलेजमा विवादको क्रममा नसाको समस्याको बल्झिएपछि प्रहरीको निगरानीमा उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाईएको प्रहरी निरीक्षक सुब्बाले बताए । पूर्वप्रमुख साहविरुद्ध आर्थिक कारोबार कलेज सञ्चालक समितिलाई छलेर व्यक्तिगत ढङ्गले गरेको, बिना प्रतिस्पर्धा शिक्षक भर्ना गरेको, कलेजको आय व्यय पारदर्शी नगरी लेखापरीक्षण गरिएको, कर्मचारीहरुलाई लामो समयदेखि तलब उपलब्ध नगराएको आरोप रहेको छ । त्यस्तै, कलेजको भवन निर्माणका लागि प्राप्त आएको अनुदान रकम अनियमितता गरेको, कलेजको नाममा विभिन्न निकायमा कीर्ते कागजात पेश गरेको लगायतका आरोप लगाउँदै कलेज सञ्चालक समितिले २०७४ पुस १२ गतेको निर्णय अनुसार तत्कालीन कलेज प्रमुख साहलाई पदमुक्त गरी उप–प्राध्यापक उमेश साहलाई निमित्त कलेज प्रमुख बनाएपछि विवाद चुलिएको हो । सञ्चालक समितिले उमेशलाई निमित्त कलेज प्रमुख बनाएपछि असन्तुष्ट बनेका तत्कालीन प्रमुख साहले उच्च अदालत जनकपुरको राजविराज इजलासमा दायर गरेको रिट २०७४ चैत २५ गते खारेज भएको थियो । अदालतले रिट खारेज गरेपछि कलेज संचालक समितिका अध्यक्ष मधुरी साहले अदालतको आदेशको अवहेलना गर्दै २०७४ चैत २६ गतेदेखि लागू हुने गरी संजय कुमार साहलाई कलेज प्रमुख नियुक्त गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments