Incident Reports

Woman Files Complaint Against Husband, Sister

2013-09-10

Madhes, Saptari, Bode Barsain

org SMS ALERT:Saptari,rod tatayera damne pativirudh ujuri. Saptari/September 11 Shobha Sada, 37, of Baghabira in Manraja VDC-9 and her relatives have filed a complaint against her husband Sundar Sada, 39, and Ghurani Sada, 24, at District Police Office on September 10. The duo was accused of torturing Shobha using hot iron rod and spatula. Pashupati Sada, 36, of Belhi Chapena VDC-9, the victim’s younger brother filed the complaint saying his sister was tortured on September 5 for stopping Sundar from having extra-marital affair and consuming alcohol. She has sustained burn injuries on cheeks, stomach, thigh, arms, chest and private organ. Shobha, who became unconscious due to the torture, was being dragged towards Khadak River by the accused and when the passers by saw that, she was brought back home and kept in a locked room. A mother of two sons and a daughter, Shobha was rescued on September 7 after some of the witnesses informed her maternal family about the incident, her mother Dukhani Sada informed. She is being treated at Sagarmatha Zonal Hospital in Rajbiraj. Manohar Pokharel मानराजा गाविस-९ बघबिराकी ३७ वर्षीया शोभा सदालाई उनका पति ३९ वर्षीय सुन्दर सदा र नन्द २४ वर्षीया घुरनी सदाले फलामको रड र पन्यु तताएर शरिरभरि डामेको भन्दै भदौ २५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितलाई हदैसम्मको सजाय गरी पाँउ भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका भाई बेल्ही चपेना गाविस-९ का ३६ वर्षीय पशुपति सदाले जानकारी दिए । मादक पदार्थ सेवन नगर्न र अन्य महिलासँगको अनैतिक सम्बन्ध रोक्न दवाव दिएको निहुँमा भदौ २० गते विहान ११ बजे चुलोमा फलामको रड र पन्यूँ तताएर डाम्दा पीडित शोभा गम्भीर घाइते भएकी छिन् । रड र पन्यूँले दुवै गाला, पेट, तिघ्रा, पाखुरा, छाति र गुप्ताङ्गमा डामेपछि गम्भीर घाइते भएकी पीडितको उपचार राजविराजस्थित अञ्चल अस्पतालमा भईरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेशकुमार झाले जानकारी दिए । डामेपछि बेहोस भएकी शोभालाई हत्या गर्ने उद्देश्यले घिसार्दै स्थानीय खडग नदीतर्फलगिरहेको वटुवाहरूले देखेपछि आरोपितले पीडितलाई घरमै लगी थुनेर राखेका थिए । डामेर घाइते भएको अवस्थामा देख्ने वटुवाहरूले पीडितको बेल्ही चपेना गाविस-९ स्थित माइतमा खबर गरि दिएपछि माइती पक्षले भदौ २२ गते साँझ मात्र सदरमुकाम राजविराजस्थित अञ्चल अस्पताल ल्याएर उपचार शुरु गरेको पीडितकी आमा दुखनी सदाले बताइन् । पीडित शोभाका दुई छोरा र एक छोरी छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis