Incident Reports

Police personnels accused of torture in custody

2018-05-21

Province 1, Jhapa, Kankai, Ward 4

43-year-old Thakur Prasad Sangraula who was arrested on charges of theft from Shiwasatakshi municipality accused the police personnel of torturing him in custody. Sangraula who was put into custody for two days had bruises all over his body. According to his wife, police had held him on false accusations. According to Sangraula, police bashed him with plastic pipe all over his body and verbally abused him when he said he knew nothing about the burglary. Sangraula was taken to Manmohan Community Hospital, Birtamode. कन्काई नपा-४ का ४३ वर्षीय ठाकुरप्रसाद सङ्ग्रौलालाई शिवसताक्षी नपा माईधार क्षेत्रमा चोरी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी हिरासतमा यातना दिएको पीडित पक्षले आरोप लगाएको छ । दुई दिन प्रहरी हिरासतमा रहेका सङ्ग्रौलाको शरीरभरी निलडाम र कुटपिटको चोट देखिएको छ । भेट्टाएको मोवाइललाई आधार मानी चोरीको आरोपमा मुद्दा लगाई शरीरभरी निलडाम हुने गरी कुटपिट तथा यातना दिएको पीडितकी पत्नी यशोदामाया सङ्ग्रौलाले बताइन् । गत वैशाख २४ गते माईधार क्षेत्रका दुई वटा घरमा चोरी भएको र सो घटनामा ठाकुरप्रसादको संलग्नता रहेको आरोपमा इलाका प्रहरी कार्यालय झिलझिलेले जेठ ५ गते आरोपितलाई गिरफ्तार गरी सोपश्चात हिरासतमा मरणासन्न हुनेगरी कुटपिट गरेको पीडित पक्षको आरोप छ । चोरी भएको भोलिपल्ट वैशाख २५ गते खेतमा काम गर्न जाँदा ठाकुरप्रसादले मोवाइल भेट्टाएको बताए । त्यही मोवाइलमा प्रहरीले गरेको फोन उठाएपछि ठाकुरप्रसादलाई चोरीको घटनामा संलग्नता रहेको भन्दै प्रहरीले गिरफ्तार गरेको थियो । जेठ ७ गते साँझसम्म यातना दिएर पतिलाई राखेको पत्नी यसोदामायाले आरोप लगाइन् । पतिको अवस्था बुझ्न जाँदा शरीर तथा गोडामा निलडाम देखेपछि प्रहरीलाई अनुरोध गरी पीडितलाई घर ल्याएको यसोदामायाले बताइन् । प्रहरीले हिरासतमा राखेर पानी छम्कँदै प्लाष्टिकको पाइपले शरीरभर जताततै कुटपिट गरेको र चोरीका बारेमा आफूलाई थाहा नभएको भन्दा अपशब्द प्रयोग गर्दै मरणासन्न हुनेगरी कुटपिट गरेको पीडितले बताए । पीडितको गोडा, पैताला तथा शरीरका अन्य भागमा निलडाम र कुटपिटबाट चोट देखिएका पीडितको अहिले विर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । झिलझिले प्रहरी चौकीका इञ्चार्ज कैलाश राईले चोरीको घटनाका बारेमा अनुसन्धानका लागि ठाकुरप्रसादलाई हिरासतमा राखिएको तर कुटपिट नगरेको बताए । इर्ञ्चाज राईले घटना सामान्य भएको र सङ्ग्रौला परिवार र प्रहरीबीच छलफल भई कुनै प्रहरीबाट गल्ती भएको भए अनुसन्धान गरी कारबाही गरिने शर्तमा कुरा मिलेको बताए । जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णुबहादुर केसीले प्रहरीको कुटपीटबाट एक व्यक्ति घाइते भएको भन्ने कुरा जानकारी प्राप्त भए पश्चात घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC , Local Newspaper - Jhapa

0 Comments