Incident Reports

Complaint lodged against witchcraft allegation

2018-05-26

Province 1, Okhaldhunga, Champadevi, Ward 10

A complaint against 57 years old witch doctor Lal Bahadur Karki is lodged at police office on May 26 on charge of alleging 49 years old Januka Maya Karki of Champa Devi Rural Municipality-10 of being witch. The victim said that she lodged complaint for justice. The victim said that she has been tortured by her acquaintances alleging her of being witch. Police said that the case will be investigated after registration. In Okhaldhunga, two incidents of allegation of witch have been registered this year. चम्पादेवी गाउँपालिका-१० रानीवनकी ४९ वर्षीया जानुकामाया कार्कीलाई कथित बोक्सीको आरोप लगाएको आरोपमा सोही ठाँउका ५७ वर्षीय झाँक्री लालबहादुर कार्कीविरूद्ध पीडित महिलाले जेठ ११ गते प्रहरीमा उजुरी दिएकी छिन् । पीडित महिलालाई आरोपितले कथित बोक्सीको आरोप लगाएपछि न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । चम्पादेवी गाउँपालिका-१० को वडा कार्यालयमा उजुरी दिएपछि वैशाख २० गते प्रहरीसहितको छलफलमा समेत आरोपितले ‘बोक्सी हो, जे कारबाही हुन्छ भोग्छु’ भनेर गालीगलौज गरेपछि प्रहरीमा उजुरी दिएको पीडित महिलाको भनाई छ । ‘दाजुभाइबाटै बोक्सीको आरोप लगाएर मानसिक यातना दिएकाले न्याय खोज्दै प्रहरीमा उजुरी दिनुपरेको हो ।’-पीडितले भनिन् । वडाध्यक्ष उज्जन बुढाथोकीले दुवै पक्षसँग छलफल गरेको बताए । उनले आरोपितले आरोप लगाएको अस्वीकार गरे पनि पीडितले आफूले न्याय पाउनुपर्ने बताएपछि प्रहरीमा जान सुझाव दिएको जानकारी दिए । पीडितको उजुरीबारे जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान मनोज यादवले उजुरी आएकाले कार्यालय प्रमुखलाई जानकारी गराई अध्ययन गरेर दर्ता प्रकृया अघि बढाइने बताए । ओखलढुङ्गामा चालु आर्थिक वर्षमा कथित बोक्सीको आरोप लगाएका उजुरी प्रहरीमा दुई वटा दर्ता भएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis