Incident Reports

Suspicious object found in Rupandehi

2018-05-27

Lumbini, Rupandehi, Butwal

The team of Nepal Army has defused the suspicious object found in the Shivapur road section on Monday morning. Due to the suspicious object, the vehicular movement was halted for the whole night. Police informed that while disposing of the object it did not explode but only a spark of light was seen. शंकास्पद वस्तु फेला परेपछि आठ घण्टासम्म अवरुद्ध रुपन्देहीको ड्राइभरटोल-शिवपुर सडक खण्ड सोमबार बिहान ८ बजेदेखि खुलेको छ । गएराति १२ बजे ड्राइभरटोलदेखि पूर्व करिब एक किलोमिटर दुरीमा सडकको बीचमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । प्रहरीले उक्त स्थानमा रातभर पहरा दिएर सवारी साधन र सर्वसाधारणको आवागमन बन्द गराएको थियो । चारवटा ब्याट्री जस्ता वस्तुलाई तारले जोडेर रातो वत्ती टल्किने गरी राखिएकाले बमको आंशका गरेर सेनालाई डिस्पोजका लागि बोलाइएको थियो । सोमबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएर शंकास्पद वस्तुलाई डिस्पोज गरेपछि यातायात सेवा र आवागमन खुलेको ड्राइभरटोल प्रहरी चौकीका असई अवधेश यादवले अनलाइनखबरलाई जानकारी दिए । उक्त शंकास्पद वस्तु डिस्पोज गर्दा विष्फोटको आवाज नआई आगोको झिल्को मात्र निस्केको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments