An unidentified group of people has vandalized the ward office located at Sinja Rural Municipality-6, Jumla.
The group has destroyed some important document and vandalized table, windows, and doors of the office according to chief administrative officer Top Bahadur Buda. He said that police have been informed regarding the incident.
According to Sinja Rural Municipality chairperson Dewal Singh Rawal, the incident is under the investigation and added that the people involved behind the scene will be charged.
The Chief District Officer has been informed about the incident however he said that the incident was due to the lack of security management.
सिञ्जा गाउँपालिका-६ स्थित वडा कार्यालयमा अज्ञात समूहद्वारा जेठ २० गते राति तोडफोड गरेको छ ।
कार्यालय तोडफोड गरी कार्यालयमा रहेको विभिन्न योजनाको निर्णय फाईल समेत च्यातिएको र कार्यालयको झ्याल र ढोका तोडफोड गरेको प्रमुख प्रशाकीय अधिकृत टोपबहादुर बुढाले बताए । उनले भने-‘यस विषयमा प्रहरी चौकीमासमेत उजुरी गरिएको छ ।’
सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलका अनुसार वडा कार्यालय तोडफोडका विषयमा अनुसन्धान भइरहेको छ । घटनामा संलग्न व्यक्तिको छानविन गरी कारवाहीको दायरामा ल्याउने उनले बताए ।
यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराए पनि सुरक्षाकर्मी सङ्ख्या न्यून भएकोले समस्या समाधान हुन नसकेको उनले बताए ।