Incident Reports

Rickshaw puller found dead in suspicious condition

2018-06-04

Madhes, Parsa, Birgunj

Gopal Pariyar, a permanent resident of Solukhumbu working as a rickshaw puller in Birgunj was found dead in suspicious condition. He had been living and working in Birgunj since the past 2 years. He was found dead in a house in Ranighat which is in construction phase . Police are further investigating the case. A blue mark was seen around the neck, the area above the eyes is swollen. The police are waiting for the postmortem report. वीरगञ्जमा एक रिक्सा चालकको शंकास्पद मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-८ पानी ट्याङकीमा सोलुखुम्बु घर भएका गोपाल परियार मृत भेटिएका हुन् । केही वर्ष भारतको सितामढीमा गएर काम गरेर फर्केका परियार दुई वर्षदेखि भाडामा लिएर वीरगञ्जमा रिक्सा चलाउँदै आएका थिए । रानीघाटमा निर्माणाधिन घरमा राखिएको ठेलामा परियारको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए । उनको मृत्यु शंकास्पद देखिएकोले थप अनुसन्धान भइरहेको उनले बताए । ‘मृतकको घाँटीमा निल डाम पनि देखिएको छ, दायाँ खुट्टामा सामान्य चोट लागेको छ । निधारमा आँखा भन्दा माथि सुन्निएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा शंकास्पद छ, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै केही भन्न सक्ने अवस्था छ ।’ परियारको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Local Newspaper - Bara

0 Comments