Incident Reports

Demand of additional dowry leads to cancel of wedding

2018-05-02

A wedding which is going to be held on May 7 has been canceled after the groom side demanded more dowry. The bride side has made all the preparation for the wedding and one week before the wedding the groom's brother demanded additional dowry. The groom side also said if their demand is not fulfilled, they will cancel the wedding. The bride along with her mother has reached Police for their help. यही बैशाख २४ गते बिहे छ। बिहेका लागि बेहुली पक्षले छरछिमेक, आफन्त, नातागोता सबैतिर निम्तोपत्र पनि बांडीसकेकको छ। बेहुलीको घरमा बिहेको लागि जोडतोडका साथ सरसामान र भोजभतेरको तयारी पनि भइरहेको अवस्थामा बिहेको ठिक एक साता अघि आइतबार बेहुलाका दाजुले थप दाइजो नदिए जन्ती नआउने र बिहे नै रद्द गर्ने धम्की दिएपछि न्यायका लागि बेहुलीसहित उनकी आमा र दिदी प्रहरीको शरणमा पुगेका छन्। पर्साको बहादुरमाई नगरपालिका वडा नम्बर ३ का रामसेवक (परिवर्तित नाम) कि छोरीको विरगंज महानगरपालिकाको हरपतगंजका मनोज महतोसंग बिहे तय भएपछि गत चैत अन्तिम साता धुमधाम सतह छेका समारोह पनि गरियो। बिहेको लागि बेहुली पक्षले बेहुला पक्षलाइ दाइजोमा मोटरसाइकलबापत रु एक लाख ८० हजार बुझाइसकेका छन्। दाइजोमा दिने सहमति भएको थप ७० हजार रुपैया भने बेहुली पक्षले बिहे अगाडी बेहुला पक्षलाई दिन बाँकि छ। तर बिहेको एक हप्ता पहिले बेहुलाका दाजुले बेहुलीको घरमै पुगेर थप दुई लाख ५० हजार दाइजो दिनुपर्ने शर्त राख्ने। बेहुलीका बुबाले थप दाइजो दिन असमर्थता जनाएपछि बेहुलाका दाजु अशोकले बिहे नगर्ने अडान लिएपछि बेहुली र उनका अभिभावक बुधबार जिल्ला प्रहरी कार्यालय, पर्सामा पुगेर उजुरी दिएका हुन्।
Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis