Incident Reports

Arrested on charge of witchcraft allegation

2018-05-20

Lumbini, Bardiya, Rajapur, Ward 8

Police have arrested 49 years old Krishna Jaisi of Rajapur Municipality-8 and 47 years old Tirtha Raj Jaisi on June 5 on charge witchcraft allegation. A complaint was lodged against the accused at Area Police Office of Rajapur by the victim’s family on June 6. Police said that other accused Jaya Prasad Jaisi is at large after the incident. Both arrested accused are taken into custody at Area Police Office of Rajapur according to DSP Surya Bahadur KC. The accused had alleged 59 years old Ranga Prasad Jaisi of Rajapur Municipality-8 and his late mother of being witch. DSP KC said that the accused will be charged under the act if found guilty. बोक्सीको आरोप लगाउने घटनाका आरोपित राजापुर नपा-८ का ४९ वर्षीय कृष्ण जैसी र ४७ वर्षीय तीर्थराज जैसीलाई प्रहरीले जेठ २२ गते घरैबाट गिरफ्तार गरेको छ । आरोपित कृष्ण जैसी, तीर्थराज जैसी र जयाप्रसाद जैसीविरूद्ध कथित बोक्सीको आरोप लगाएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय राजापुरमा दिएको उजुरी जेठ २३ गते दर्ता भएको प्रहरीले जनाएको छ । घटनाका अर्का आरोपित सोही ठाउँका ४० वर्षीय जयाप्रसाद जैसी फरार रहेको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएका दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय राजापुरमा राखिएको डिएसपी सूर्यबहादुर केसीले बताए । आरोपितहरूले राजापुर नपा-८ का ५९ वर्षीय रङ्गप्रसाद जैसी र उनको स्व. आमा जेठ ६ गते बोक्सी तथा बोक्सो भएको र भुत लागेर दुःख दिएको विषयमा इलाका प्रहरी कार्यालय राजापुरमा जेठ २२ गते उजुरी दिएका छन् । मरेपछि पनि रङ्गप्रसादको आमाले भैँसी मार्ने गरेको, बोक्सी लगाई घरमा आगो लगाएको, चोरी भइरहेको भन्ने आरोप लगाएको रङ्गप्रसादले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी सूर्यबहादुर केसीले बताए । बर्दिया जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले आरोप प्रमाणित भए ५ वर्षकैद र १ लाख रुपियाँसम्म जरिबाना हुने कानुनी व्यवस्था रहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments