Incident Reports

Eighteen children rescued from Nepal-India border

2018-06-08

Nepal Police with the help of the Indian Seema Suraksha Bal (Border Security Force) rescued 18 children including six minors from Gaddachauki transit point at the Nepal-India border on Thursday. Chief of the Area Police Office Gaddachauki, Sub Inspector Diker Dev Panta said they have taken two people who were taking these children towards India under control. Police said the rescued children are from Dhakari Rural Municipality-7 in Achham district. Those arrested on the charge of trafficking these children to India are 53-year-old Ram Bahadur Budha and 48-year-old Ratan BK of Dhakri rural municipality. Sub-Inspector Panta said the rescued children would be handed over to the Maiti Nepal Kanchanpur for their custody. भारततर्फ लगिँदै गरेका १८ बालबालिका २ व्यक्तिलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकीबाट बिहीबार बेलुकी १२ बालक, ६ बालिकासहित २० जनालाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ । नेपाल प्रहरीका डीएसपी ज्ञानबहादुर सेट्ठीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएका बालबालिकाहरु अछामको ढकारी गाउँपालिका–७ का रहेको खुलेको छ । पक्राउ परेका २ व्यक्ति पनि सोही गाउँपालिका निवासी ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विक रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई माइती नेपालको आश्रयमा राखिएको छ । भारततर्फ जाने क्रममा बालबालिकासँगै रहेका बालवालिकाहरु भारतमा रहेका आफन्तहरुको सल्लाह अनुसार नै काम गर्न जान लागेको प्रारम्भिक रुपमा बुझिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । कञ्चनपुर प्रहरीका अनुसार ती बालबालिकाहरुका बारेमा थप बुझ्ने काम भइरहेको छ । प्रारम्भिक अनुसन्धानले ती बालिकाहरु काम गर्न घरबाट हिँडेको देखिए पनि प्रष्ट भइनसकेको इन्स्पेक्टर कर्णबहादुर बमले बताए । अछामबाट कम उमेरका बालबालिकाहरुलाई अभिभावकले मजदुरी गर्न भारततिर पठाउने गरेका छन् । लामो समयदेखि यस्तो प्रवृत्ति देखिए पनि यसमा कुनै सुधार आएको छैन ।

0 Comments