Incident Reports

Biplab's cadres capture the land

2018-06-09

Bagmati, Nuwakot, Bidur

Cadres of CPN Biplab occupied lands in 2 different places of Nuwakot district on June 8. A land in Bidur Municipality-2 and another in Kakali Rural Municipality were forcefully captured by the cadres. According to Bintosh Silwal, cadres of CPN Biplab, they did so because the middlemen were trying to sell the land which was initially registered in the name of Queen Helen Shah and was later transferred to Annapurna Farming. CPN Biplab have even threatened that if someone tries to buy the captured land, they will have to face the consequences by themselves. नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नुवाकोटको दुई स्थानमा जेठ २६ गते जग्गा कब्जा गरेको घोषणा गरेका छन् । विदुर नगरपालिका-२ शेरास्थित शेरा दरबार क्षेत्रमा रहेको १ सय ८१ रोपनी जग्गा र ककनी गाउँपालिकाको ककनीमा रहेको साझा संस्था भवन र उक्त संस्थाको २ रोपनी १ आना जग्गा कब्जा गरेको सो पार्टीले जनाएको छ । जग्गा स्थलमा जग्गा कब्जा गरिनुको कारणसहितको व्यानर टाँगेर यस्तो जानकारी दिइएको हो । रानी हेलेन शाहको नाममा रहेको शेरा दरबार र जग्गा हदबन्दी भन्दा बढी भएकाले अन्नपूर्ण फार्मिङको नाममा दर्ता गरी हाल जग्गा दलालहरूले उक्त जग्गा प्लटिङ गरी विक्री गर्ने प्रयास आरम्भ गरेकाले कब्जा गरिएको नेपाल कम्युनिष्ट पार्टी नुवाकोट जनपरिषदका विन्तोश सिलवाल (अशोक) ले इन्सेककर्मीलाई टेलिफोनमा बताए । हदबन्दी भन्दा बढीको जग्गा यहीँका स्थानीयले पाउनु पर्ने माग गर्दै जग्गा कब्जा गरिएको जनपरिषदले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘हदबन्दी भन्दा बढीको जग्गा दलालहरूले विक्री गर्ने चलखेल सुरू भएको छ । यो नागरिकको जग्गा हो । यहीँका नागरिकले उपायोग गर्न पाउनु पर्छ । दलालले होइन ।’-सिलवालले भने । ककनीको साझा सेवा संस्थाको भवनको जग्गा सार्वजनिक जग्गामा निर्माण गरिएपछि संस्थाको नाममा लालपुर्जा बनाएकाले उक्त जग्गा पनि कब्जा गरिएको विज्ञप्तिमा जनाइएको छ । साझा सेवा संस्थाले २ रोपनी १ आना जग्गा र भवन विक्रीको लागि टेण्डर आह्वान गरेको छ । भवनको न्यूनतम ५ लाख रुपियाँ र जग्गाको प्रति आना ७ लाख रुपियाँका दरले विक्रीको सूचना निकालेकोले उक्त जग्गा विक्री नगरी सोही भवनबाट सेवा सञ्चालन गरी स्थानीयलाई सेवा प्रदान गर्न माग गर्दै कब्जा गरिएको नेपाल कम्युनिष्ट पार्टी परिषद प्रमुख सिलवालले बताए । कब्जा गरेको जग्गा कोही कसैले खरिद गरेमा त्यसपछि आइपर्ने कुनै पनि समस्याको कारण स्वयम् नै हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टी जिल्ला जनपरिषदले चेतावनी दिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis