Incident Reports

Man kills son, injures wife

2018-06-13

Gandaki, Kaski, Pokhara Lekhnath

A man killed his 11-year-old son by slitting his throat in Pokhara on early Wednesday morning. Police said 40-year-old Ramji Ghale, a Makwanpur native, was apparently planning to massacre his entire family before taking his own life. But the neighbours intervened before he could carry on the murder spree. The neighbours were shocked when they found Ghale with self-inflicted knife wound, his heavily pregnant wife critically injured and their son Gyapan laying dead with his throat slit open. Sumitra’s mother was also in the house at the time of the incident. She had awakened the neighbours. Both Ghale and his wife Sumitra were rushed to hospital. Sumitra was immediately wheeled in to the operating room of the Western Regional Hospital as she was carrying a child who was shortly due. But her trauma had taken its toll on her unborn baby. The baby was stillbirth. Meanwhile, Ghale is undergoing treatment at the Manipal Teaching Hospital. Kaski district police chief Om Bahadur Rana said Ghale and his family had been living in Rambazaar, Kalikamarga. He worked as a house painter to support his family. The neighbours said they had never heard the couple fight. पोखरामा एक व्यक्तिले परिवारका सदस्यको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका १५ रामबजारस्थित कालिका मार्गका रामजी घलेले घरेलु हतियार प्रहार गर्दा छोराको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । त्यसपछि आत्महत्याको प्रयास गरेका रामजी पनि गम्भीर घाइते छन् । ३८ वर्षीय घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको हत्या गर्नुका साथै पत्नी ३२ वर्षीया सुमित्रा घलेको हत्या प्रयास गरेपछि आफैले पनि आत्महत्याको प्रयास गरेका प्रहरीको भनाइ छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा हत्यापछि रामजीले आत्महत्याको प्रयास गरेको निश्कर्ष निकालेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले बताए । उनले घटनामा बाहिरियाको संलग्नता नदेखिएको प्रष्ट पारे । हत्या प्रयासबाट श्रीमती सुमित्रा गम्भीर घाइते भएकी छन् । गर्भवती उनको असार ६ गते प्रसुति मिति तोकिएको थियो । प्रहरीका अनुसार गर्भवती सुमित्राले साँझ ६ बजे आफ्नो सुत्केरी हुने डेट असार ६ गते भएको श्रीमान रामजी घलेलाई सम्झाएकी थिइन् । उनले आफूलाई असहज महसुस भएको भन्दै अस्पताल जाने तयारी गर्न श्रीमानलाई आग्रह गरिन् । त्यत्तिकैमा उनीहरु सुते । राति १२ बजेतिर सुमित्राले पेट दुखेको भन्दै अस्पताल जान श्रीमानलाई आग्रह गरिन् । तर रामजीले भने विहान भएपछि मात्रै अस्पताल जाने भन्दै अटेर गरे । त्यत्तिकैमा उनीहरुबीच भनाभन भएपछि आक्रोशमा रामजीले तरकारी काट्ने चक्कु निकालेर श्रीमतीमाथि प्रहार गरे । उनले श्रीमतीको घाँटी रेटे । लगत्तै छोरा ज्ञापन घलेको कोठामा पसेर उनको पनि चक्कुले घाँटी रेटेको प्रहरीको भनाइ छ । रामजीले छोराको हत्या प्रयास गरेपछि सुमित्राले हार गु्हार गरेपछि छिमेकीहरु आएका थिए । छिमेकीले हेर्दा मृत छोराको शव नजिकै रामजीले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका स्थानीय वासिन्दाले बताएका छन् । उनको हाल मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । श्रीमती सुमित्राको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा उपचार भइरहेको छ । श्रीमती सुमित्राको घाँटीको रुद्र घण्टी नजिकै प्वाल परेको छ । उनको अपरेसन सफल भएमा बाँच्ने सम्भावना रहेको बताइएको छ । तर आत्महत्याको प्रयास गरेका रामजीको भने अवस्था चिन्ताजनक छ । घट्नालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा राति नै वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरिक्षक दीपक केसीको नेतृत्वको टोली पुगेको थियो । हत्यापछि आत्महत्याको प्रयास गरेका रामजी झगडालु स्वाभावको नभएको स्थानीयबासीले बताएका छन् । परिवारका अनुसार उनीहरुबीच यसअघि खासै मनमुटाव र झगडा भएको पनि थाहा नभएको उनीहरुको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 2
Female Injured 1
National/Online Media , Police website

0 Comments