Incident Reports

Teen Arrested on Charge of Rape of Minor

2013-09-18

Parsa,char varshiya balika balatkarka aaropit giraftar. Parsa/September 19 Gauri Shankar Majhi, 19, of Shankarsaraiya VDC-4 has been arrested by police on charge of rape of a 4-year-old girl. Police arrested him from a village-level meeting on September 18 night when the villagers were discussing about ways to settle the case at the village level. The girl’s guardians said Majhi had taken the girl to his home at around 11 am on September 18 when she was playing on the road. The parents of the girl said that they heard the girl crying and reached Majhi’s house only to find the girl in pool of blood while the accused managed to flee. When the parents told the leading villagers about the incident, the accused was held by the villagers and the girl was treated at home in an attempt to keep it within the village. Though the accused remained in the captivity of the villagers for whole day, no one informed the police. A meeting was held in the house of Dara Singh Raut till late night when a patrolling team led by ASI Ganesh Sah of Haraiya Police Station interfered the meeting and held the accused. KC Lamichhane एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शंकरसरैया गाविस-४ का १९ वर्षीय गौरीशंकर माझीलाई प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई बालात्कार गरेको आरोप लागेका व्यक्तिलाई के गर्ने भन्ने विषयमा गाउँलेहरूबीच छलफल भइरहेको बेला असोज २ गते राती प्रहरीले हस्तक्षेप गरेर आरोपितलाई गिरफ्तार गरेको हो । बालिकालाई असोज २ गते बिहान ११ बजे बाटोमा खेलिरहेको बेला माझीले आफ्नो घरमा लगेर बलात्कार गरेको आरोप पीडितको अभिभावकले लगाएका छन् । बालिका रोएको आवाज सुनेपछि आमा/बुबा दौड्दै युवकको घर पुग्दा बालिका रक्ताम्य अवस्थामा फेला परेको थियो भने आरोपित फरार भएका थिए । पीडित बालिकालाई लिएर उनका अभिभावक गाउँका अगुवाहरू समक्ष गई घटना बारे जानकारी गराएपछि टोलका स्थानीय व्यक्तिहरू मिलेर आरोपित माझीलाई नियन्त्रणमा लिएका थिए । घटना बाहिर नजाओस् भन्ने उद्देश्यले बालिकालाई घरमै राखेर उपचार गराइएको थियो । आरोपीलाई दिनभर गाउँलेले नियन्त्रणमा लिए पनि घटना बारे प्रहरीलाई जानकारी गराइएको थिएन । उक्त अपराधलाई गाउँ टोलभित्रै मिलाउन राती अबेरसम्म टोलाका दारासिंह राउतको घरआँगनमा पञ्चायती बसेको थियो । पञ्चायती भइरहेको स्थानमा प्रहरी चौकी हरैयाका असई गणेश साह तात्वाको नेतृत्वमा गएको प्रहरीको गस्ती टोलीले हस्तक्षेप गरी बलात्कारका आरोपित माझीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । के.सी.लामिछाने

0 Comments

Related Reports
Related Trend Analysis