Incident Reports

Ward Member stabs footballer

2018-06-22

Province 1, Morang, Uralabari

A footballer was stabbed by a ward member of Urlabari municipality on June 22 while watching the Worldcup. According to reports, 40-year-old Ward member Sachin Shakya and 27-year-old footballer Bishal Tamang were on their way back home after watching a football match at Aroma Hotel in Urlabari-5 when they had an argument and Bishal were stabbed in his stomach by Shakya. Shakya who was also the District Secretary of Tarun Dal absconded after the incident. Bishal was taken for medical treatment at B and C Hospital at Birtamod. As per one of the policemen, the incident was politically motivated and there was pressure from political parties to not register the case. मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि शुक्रबार बिहान मोरङको उर्लाबारीमा एक जनप्रतिनिधिले छुरा प्रहार गरेका छन् । उर्लाबारी नगरपालिका– ६ का वडा सदस्य एवं तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यले तामाङमाथि छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार विश्वकप फुटबल हेर्ने क्रममा सामान्य भनाभनपछि छुरा प्रहारको घटना भएको हो । अर्जेन्टिना र क्रोएसियाबीचको प्रतिष्पर्धा हेरिसकेर घरतर्फ जाने तयारी गर्दै गर्दा दुई जनाबीच विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ । त्यही विवाद छुरा प्रहारको घटनामा परिणत भएको प्रहरीको भनाइ छ । उक्त विवादलाई लिएर उर्लाबारी ५ स्थित एरोमा होटेलबाट घरतर्फ जानै लागेका तामाङमाथि शाक्यले बिहान ३ बजेतिर छुरा प्रहार गरेको तिमल्सिनाले बताए । छुरा प्रहारबाट पेटमा चोट लागेपछि घाइते भएका तामाङलाई उपचारका लागि विर्तामोड स्थित वी एण्ड सी हस्पिटलमा लगिएको छ । उपचारमा संलग्न चिकित्सकले उनको अवस्था खतरामुक्त रहेको जानकारी दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न शाक्य फरार रहेकाले खोजी तिव्र पारिएको छ । उर्लाबारी जेसिजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् । उनीमाथि कारवाही प्रक्रिया अघि नबढाउन प्रहरीमा विभिन्न राजनैतिक नेत्रृत्वबाट दवाव आइरहेको एक प्रहरीले बताए । प्रहरीले यस घटनालाई राजनैतिक आडमा भएको अपराधका रुपमा लिएको छ । पछिल्लो समय मोरङ–११ मा आवद्ध भएर फुटबल खेलिरहेका तामाङ यस अघि ‘ए’ डिभिजन क्लबबाट पनि खेलिसकेका खेलाडी हुन् । Update..................................... Police arrested Ward Chairperson Sachin Shakya on charges of stabbing a footballer Bishal Tamang on July 22. He was prosecuted under attempted murder charges. खेलाडीलाई छुरा प्रहार गर्ने वडा अद्यक्ष सचिन शाक्य पक्राउ परेका छन् ।उनलाई उर्लाबारी-४ बाट प्रहरीले पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments