Incident Reports

Two cops injured in clash with CPN-Maoist cadres

2018-07-07

Two security personnel and a few cadres of CPN-Maoist (Biplov) were injured in a clash at Gamgadi bazaar in Mugu on Friday. It has been learnt that the clash ensued when police tried to intervene in a cultural programme organised by CPN-Maoist cadres against corruption and alcohol. Police inspector Devendra Singh Dhami and Armed Police Force man Surendra Singh were injured. Dhami has sustained injury in his head. Police have arrested three cadres of CPN-Maoist. Police lobbed two rounds of tear gas shells to contain the situation. CPN-Maoist cadres have accused the police of intervening in their peaceful programme. विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच असार २२ गते गमगढीस्थित कृष्णाचोकमा भएको झडपमा दुई जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका असई देवेन्द्रसिंह धामी र सशस्त्र प्रहरी हवल्दार सुरन्द्र सिंह रहेका छन् । असई धामीको टाउकोमा बाँयातर्फचोट लागेको छ भने हवल्दार धामीको छातिमा चोट लागेको छ । घाइते दुबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । असई धामीको टाउकोमा ६ वटा टाँका लगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमकिरण बोगटीले जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मुगु जिल्ला इञ्जार्च ३९ वर्षीय रङ्गवीर परियार (संगम), जिल्ला सचिवालय सदस्य ३८ वर्षीय गणेशबहादुर सावत (अडिक), सचिवालय सदस्य ३९ वर्षीय धनमान सिंह बुढा र हुम्ला जिल्ला सक्रेटरी ३७ वर्षीय सर्पु रोकायलाई गिरफ्तार गरेको छ । गमगढीको कृष्णचोकमा नेपाल नेपाल कम्युनिष्ट पार्टीको सामना परिवार र रारा सांस्कृतिक परिवारले आयोजना गरेको सांस्कृतिक कार्यक्रमसहितको आमसभा प्रहरीले रोक्न खोजेपछि झडप भएको स्थानीयबासीले बताए । जिल्ला प्रशासन कार्यालयले कार्यक्रम नगर्न विप्लव नेतृत्वको सो पार्टीको जिल्ला स्तरका नेतालाई मौखिक रूपमा जानकारी दिएको भएपनि सो पार्टीका कार्यकर्ताले सदरमुकाम गमगढीको कृष्णाचोकमा आयोजना गरेको कार्यक्रम रोक्न खोज्दा प्रहरीमाथि सो पार्टीका कार्यकर्ताले ढुङ्गा वर्षाएपछि प्रहरीले भिड नियन्त्रण गर्न एक राउण्ड अश्रुग्यास फायर गरी लाठीचार्ज गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमकिरण बोगटीले जानकारी दिए । प्रहरीले स्वतन्त्ररूपमा सभा र प्रचार प्रसार गर्न पाउने अधिकारमाथि हस्तक्षेप गरी दमन गरेकाले आफना नेतालाई विना शर्त रिहाई गर्नुपर्ने विप्लव समूहका कार्यकर्ताले बताएका छन् । प्रशासन कार्यालयले कार्यक्रम नगर्न भनी सो पार्टीका जिल्ला स्तरका नेतालाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । प्रजिअ अधिकारीका अनुसार कार्यक्रम रोक्न गएका सुरक्षाकर्मीमाथि विप्लव समूहका कार्यकर्ताले ढुङ्गा प्रहार गरी घाइते बनाएपछि उनीहरूलाई गिरफ्तार गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , INSEC , Local Newspaper - Jumla

0 Comments