Incident Reports

Arrested on charge of caste based discrimination

2018-07-08

Gandaki, Parbat, Kushma, Ward 6

Police have arrested 39 years old Meena Kunwar of Kushma Municipality-6 on charge of caste based discrimination on 34 years old Nabin BK of Baglung Municipality-12. The victim had lodged complaint at police office against the accused on July 8 on charge of doing multiple discrimination based on caste. She was arrested based on a complaint lodged by the victim for the investigation according to DSP Dilip Ghimire of District Police Office of Parbat. The accused is denying the allegation and said that the complaint was lodged due to the personnel clash between them. बागलुङ नपा-१२ अमलाचौर घर भई हाल कुश्मा नपा-६ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय नविन विकलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले फलेवास नपा-७ लिमिठाना घर भई हाल कुश्मा नपा-६ मा मिना गिफ्ट सेण्टर व्यवसाय सञ्चालन गरी बस्ने ३९ वर्षीया मिना कुँवरलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित बिकलाई आरोपितले पटकपटक जातीय विभेद गरी गालीगलौज र विभेद गर्ने गरेको भन्दै सोही घरमा बस्ने मिना कुँवर विरूद्ध पीडितले असार २४ गते उजुरी दिएका थिए । पीडितको उजुरीका आधारमा आरोपित कुँवरलाई गिरफ्तार गरी जातीय छुवाछुत विरूद्ध उजुरी दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका डिएसपी दिलिप घिमिरेले जानकारी दिए । आरोपित पक्षले भने जातीय विभेद नभई व्यक्तिगत रिसइवीका कारण उजुरी दर्ता गरेको भन्दै पीडित बिकका विरूद्ध असार २४ गते नै कुटपिट र हिंसासम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय, पर्वतमा दिएको भएपनि दर्ता नभएको प्रहरीले जनाएको छ । पीडित महिलाका पति देवराज कुँवरले नविन बिकलगायतका व्यक्तिहरूले कुटपिट गरेपछि झगडा भएको र झगडाकै विषयलाई जातीय छुवाछुतको आरोप लगाएको बताए । कुटपिटबाट शरीरका विभिन्न भागमा चोटपटक लागेकी कुँवरको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतमा स्वास्थ्य परीक्षण पश्चात् हिरासतमा नै औषधि सेवन गर्दै आएकी छिन् ।

0 Comments

Related Reports
Related Trend Analysis